काठेखोलामा क्षेत्रीय चक्रपथको स्तोउन्नती अन्तिम चरणमा

बागलुङ, २३ बैशाख ।
अन्तरपालिका सडक सञ्जाल विस्तार अन्तर्गत काठेखोला गाउँपालिका भित्र क्षेत्रीय रिङ्गरोड स्तरोन्तीको काम तीव्र रुपमा अगाडी बढेको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार साँझेदारी विकास कोष अन्र्तरगत काठेखोला गाउँपालिकाले यस वर्ष क्षेत्रिय रिङरोडमा पर्ने काठेखोला–२ भीमापोखराको कचुल्डाँडादेखि वडा नम्बर ३ धम्जाको माझकटेरासम्मको ५ किलोमिटर सडक र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशको सिमाना जमिनडाँडादेखि लेखानी हुँदै, विहुँसम्मको स्तरोउन्नतीको कामलाई गति दिएको हो ।
दुई तर्फकै सडकको लागि संघिय संसदबाट ५०–५० लाख रुपैयाँ र काठेखोला गाउँपालिकाबाट २१–२१ लाख रुपैयाँ बजेट विनियोजित गरि स्तोरउन्नती गर्न लागिएको सडकको ७०% काम सम्पनन भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विकले जानकारी दिनुभयो । उहाँले वडा नम्बर ७ रेशको जमिनडाँडादेखि र वडा नम्बर ८ लेखानीको सिमानसम्मको बाटोको कटिङको काम सम्पन्न भएको र विच–विचमा खोला र खाल्टोमा ग्याविन चिन्ने कामको सुरुवात भएको साथै लेखानी र वडा नम्बर ५ विहुँमा पनि ग्याविनको काम तिब्रगतिमा अगाडी बढेको जानकारी दिनुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत विकले गाउँपालिकाको वडा नम्बर २ भीमापोखराको चिप्लेभिरदेखि वडा नम्बर ३ धम्जाको माझकटेरासम्मको सडकको स्तोउन्नतीको काम पनि ७० प्रतिशत सम्पन्न भएको बताउनुभयो । उहाँले सडकलाई चौडा गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उक्त सडकमा पर्ने खोला र खोल्डामा जालीको ग्याबिन चिन्ने कामलाई अहिले तिब्रता दिइएको छ । बैशाख मसान्तभित्र सम्पन्न गर्ने भनेर उपभोक्ता समिति गठन गरि स्तोउन्नतीको काम सुरु गरिएको सडक एक महिना ढिला सम्पन्न हुने भएको छ । सडकको निर्माणलाई तिब्रता दिइदा समेत समयमै सम्पन्न नभएपनि जेठ मसान्तभित्र सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत विकले बताउनुभयो ।
सडकको स्तरोउन्नतीको क्रममा सडक छेउमा पहिलेनै निर्माण गरिएका घरहरु केहि असर नगरी काम गरिएको छ । बागलुङ नगरपालिकादेखि सुरुवात भएको उक्त क्षेत्रीय चक्रपथ काठेखोला गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ७, ८ हुँदै बागलुङ नगरपालिकाको बलेवा क्षेत्रबाट मालढुंगा जोडिने छ । चक्रपथले काठेखोला गाउँपालिकाको वडा नम्बर १ र ५ लाई समावेश नगरेपनि उक्त स्थानका नागरिकहरुले लाभ लिन सक्ने गाउँपालिकाले जनाएको छ । अहिले उक्त चक्रपथको लागि प्रदेशसभाबाट बजेट विनियोजित हुने आशा गरिएको छ । बागलुङको क्षेत्र नम्बर १ को प्रदेश कमा पर्ने उक्त चक्रपथको लागि प्रदेश सांसदहरुले बर्खाको बेलामा अन्य सहायक सडकहरु बन्द भएपनि चक्रपथको ग्रेड राम्रो भएकोले संचालन गर्न सकिने हुँदा प्रदेश सरकारले क्रमागत रुपले काम गर्ने बारेमा छलफल भइरहेको बताएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here