
बागलुङ, २१ बैशाख ।
गलकोटको नरेठाटिमा यस शैक्षिक सत्रदेखि आधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।
गलकोट नगरपालिकाको ६ लाख ५० हजारको लागतमा महेन्द्र माध्यमिक बिद्यालय गलकोट नगरपालिका २ नरेठाटिमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको हो । नगरपालिकाले बिद्यालयको आवश्यकतालाई मध्यनजर गरि प्रयोगशालाका लागि रकम बिनियोजन गरेको नगरका प्रवक्ता हिम बहादुर भण्डारिले बताउनुभयो ।

२ लाख ३० हजारको फर्निचर ब्यवस्थापन र ४ लाख ३४ हजारको सामाग्रि खरिद गरिएको बिद्यालयका प्रध्यानाध्यापक रेम कार्किले बताउनुभयो । बिद्यार्थिलाई प्रयोगशाला स्थापना भएपछि सिकाइमा सहजता भएको कार्किको भनाई छ । बिद्यार्थिले गरेर सिक्ने अवसर पाएका छन जसले बिद्यालयको शैक्षिक स्तर उकासिने कार्किको विश्वास छ । २०५१ सालमा बिद्यालयमा पुरानो बिज्ञान प्रयोगशाला भएपनि बिद्यालय र वडा नम्बर २ को पहलमा आधुनिक प्रयोगशाला स्थापना गरिएको हो । दैनिक रूपमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थिहरूले प्रयोगशालामा बसेर प्रत्यक्ष रूपमा गरेर सिक्ने गरेका विद्यालयले जनाएको छ ।
बिद्यालयलाई गलकोट नगरभित्रको नमुना बिद्यालय स्थापित गर्नका लागि प्रयोगशालाको महत्वपुर्ण भुमिका हुने बताईएको छ । गत बर्ष कक्षा ११ का सत प्रतिशत बिद्यार्थि उत्तिण भएको बताउदै प्र अ कार्किले यस बर्षदेखि नया ब्यवस्थापन सहित कम्प्युटर शिक्षाको सुरूवात गरिने बिद्यालयले जनाएको छ ।










