विहुँमा सुत्केरी आमालाई पोषण सहितको खाना सामाग्री वितरण सुरु

बागलुङ, २१ बैशाख । 
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँका हजार दिनका सुत्केरी आमाहरुलाई स्वास्थ्य र पोषणमा सहयोग गर्ने उद्देश्यले हरेक बार खाना चारको सामाग्रीहरु वितरण शनिबारदेखि सुरु गरिएको छ ।
हजार दिन भित्रका ३ वटा अवस्था गर्भवति अवस्था, सुत्केरी भएको पहिलो हप्ता र ६ महिना भन्दा मुनीका ३ वटा अवस्थामा हरेक बार खाना चारको सामग्रीहरु अन्न समुह, गेडागुडि समुह, हरियो सागसब्जी र पशुजन्य खाना वितरणको सुरुवात गरेको बताइएको छ ।
सुआहारा–२ अन्तरगत बागलुङ जिल्लाको काठेखोला–५ विहुँमा रहेको दहपानी स्वास्थ्य आमा समुहले पहिलो दिन शनिबार विहुँकी ७ दिने सुत्केरी कमला परियारलाई घरमै गई पोषणमा सहयोग पु¥याउने खाना वितरण गरेको थियो । परियारलाई समुही अध्यक्ष रिमा परियार, समुहकी सचिव तथा महिला स्वास्थ्य स्वयंमसेविका लक्ष्मी मगर लगायतले खाना हस्तान्तरण गरेका थिए ।
दहपानी स्वास्थ्य आमा समुहका अध्यक्ष रिमा परियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशन बागलुङका फिल्ड सुपरभाइजर ममता शाही ठकुरीले गर्नुभएको थियो ।
कार्यक्रमले हजार दिनका आमाहरुको स्वास्थ्य राम्रो हुने र नवजात बच्चामा पोषणको कमि नहुनेसाथै स्वास्थ्यमा सहयोग पु¥याउने आशा गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here