
बागलुङ, २१ बैशाख ।
मध्यपहाडी लोकमार्गमा सडक पिच गर्ने क्रममा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा बाटो सम्याउने ग्रेडर मेशिनले च्यापिएर एक कामदारको मृत्यु भएको छ ।
शनिबार दिउँसो काम गर्दै गर्दा आफैले चलाउने मेशिनले किचेर ग्रेडर मेशिनका अपरेटर ३० वर्षिय कृष्णहरी थापाको घटनास्थलमै मृत्यु भएको हो । थापाले बाटो सम्माउने क्रममा पिसाब लागेपछि ग्रेडर मेशिनबाट झर्ने क्रममा हातको ब्रेक नलगाइकन झर्दा मेशिन अगाडी बढेर किचेको प्रत्यक्षदर्शी मध्यपहाडी लोकमार्गका सबइन्जिनियर अर्जुन गौतमले जानकारी दिए ।
मृत्तक थापा सर्लाही जल्ला साविकको पैयानिपुर गाविस–९ निवासी भएको बताइएको छ ।










