विद्यामन्दिरको नवनिर्मित २६ कोठे भवनको बैशाख २५ गते उद्घाटन गरिने

बागलुङ, २० बैशाख ।
२०७२ सालको महाभुकम्पले क्षति गरेपछि धौलागिरि अन्चलकै सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन बैशाख २५ गते गरिने भएको छ ।
बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङमा पत्रकार सम्मेलन गरेर २६ कोठे नवनिर्मित भवनको बैशाख २५ गते पुर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए ।
५ करोडको लागतमा निर्माण गरिएको भवनको लागि बागलुङमा जन्मेर काठमाडौंमा व्यापार व्यवसायहरुको समाजबाट २ करोड, महायज्ञबाट २ करोड ५० लाख र शिक्षा शाखा बागलुङबाट ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको प्रअ आचार्यले बताए ।


भवन निर्माणको लागि महायज्ञमा प्रत्येक कोठाको १२ लाख ५० हजारको दरले २६ जना दानीहरुले सहयोग गरेकाले सवै कोठाहरुमा उहाँहरुको नामाकरण गरिएको प्रअ आचार्यले बताए । महायज्ञमा एकजनाबाट १५ लाखसम्म सहयोग संकलन भएको छ ।
भवन निर्माणको लागि अहिले ४५ लाख ऋण रहेको भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए ।
२०६१ सालमा अन्चलमै पहिलो बिज्ञान संकाय शुरूवात गरेको बिद्यालयले शिक्षा संकाय मानबिकी संकाय ब्यबस्थापन संकाय एजुकेसन साइन्सको पढाइ संचालन भइरहेको प्रअ आचार्यले बताए ।
कक्षा नर्सरी देखि १२ कक्षा सम्म पढाइ हुने बिद्यालयमा अहिले १२०० बिद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, भवन निर्माण समितिका सदस्य देवबहादुर श्रेष्ठले बिद्यालयको नयाँ भवन बनाउन बिद्यालयका पुर्व बिद्यार्थीको राम्रो सहयोग भएको कारणले पनि भवन बनाउन सहज भएको धारणा राखेका थिए ।
भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले गरेका थिए ।
१९९७ सालमा शिक्षा सेवी ओम प्रसाद गौचन र मेघ कुमार ब‌ैधले स्थापना गरेको बिद्यालय गण्डकी प्रदेशको सबैभन्दा पुरानो सामुदायिक बिद्यालयलाई नमुना बिद्यालय बनाउने योजना ब्यबस्थापन समितिले बनाएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here