
गल्कोट, १६ बैशाख ।
विद्यालय लैङ्गिक वातावरण मैन्त्रि भए शैक्षिक त्रियाकलाप प्रभावकारी हुने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।
गलकोट नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानि तथा सरसफाइ परियोजनाको सयुत्त आयोजनामा नगरपालिकाको कार्यालयमा संचालन गरिएको लैङ्गिक सचेतना तथा सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यत्रममा बोल्दै गैरेले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख गैरेले बिद्यालयमा लैङ्गिक मैत्रि संरचना बन्दै गर्दा सुशासनको अनुभुति हुने बताउनुभयो । गैरेले गलकोट नगरभित्रका बिद्यालयमा सुझावका आधारमा नगरसभाबाट योजना सम्बोधन गर्ने बताउनुभएको थियो ।

तालिममा लैङ्गिक मुद्वाहरू, विद्यालय खानेपानि सरसफाइ तथा स्वच्छता सम्वन्धि कार्यविधि २०७४, विद्यालयमा लैङ्गिक सचेतना सम्वन्धि गरेका गतिविधि, सरोकारवालाको भुमिका लगायतका बिषयमा सहजिकरण गरिएको थियो । तालिमको सहजिकरण नगरशिक्षा उपसचिव पदम आचार्य, शिक्षा अधिकृत प्रकाश ओझा र वास संयोजक दुर्गा छन्त्यालले गर्नुभएको थियो ।
गलकोट नगरभित्रका सामुदायिक र सस्थागत बिद्यालयका लैङ्गिक गुनासो सुनुवाइ समितिका सम्पर्क शिक्षकहरूको सहभागिता रहेको तालिममा सहभागीले माद्यामिक तहमा लैङ्गिक मैत्रि शौचालयहरू भएपनि सावुन, पानि, सेनेटरि प्याड, रूमालको ब्यवस्था नहुदा छात्राहरूलाइ समस्या परेको, आधारभुत बिद्यालयमा लैङ्गिक मैत्रि शौचालय हुनुपर्ने लगायतका भनाई राखेका थिए । कार्यत्रम नगरउपप्रमुख रेनुका काउचा मगरको अध्यक्षता,दुर्गा छन्त्यालको स्वागत मन्तव्य र प्रकाश ओझाको संचालनमा सम्पन्न भएको थियो ।










