
गल्कोट, १६ बैशाख ।
बागलुङको गलकोट नगरपालिकामा ईलाका प्रशासन, मालपोत र नापि कार्यालय माग गर्ने निर्णय भएको छ ।
गलकोटबासिको आवश्यकतालाई मध्यनजर गरि गलकोटमा ३ संस्थास्थापनाका लागि माग गर्ने निर्णय भएको प्रवत्ता हिम बहादुर भण्डारिले बताउनुभयो । आईतबार भएको गलकोट नगर कार्यपालिकाकाको बैठकले नगरप्रमुख भरत शर्मा गैरे नेतृत्वको टोलिलाई माग गर्न जानका लागि जिम्मेवारि प्रदान गरिएको भण्डारिले बताउनुभयो ।
तबैठकमा आगामि आर्थिक बर्ष २०७६/०७७ को नीति, कार्यक्रम, बजेट योजना तर्जुमा, बिषयगत समितिको संयोजक गठन गर्ने, जग्गा प्राति गर्न अधिकार तोक्ने निर्णय गरेको छ ।
त्यस्तै वालविकास केन्द्रका सहजकर्तालाई पोसाख सुबिधाका लागि जनहि ४ हजार उपलब्ध गराउने, शिक्षा, युवा, तथा खेलकुद साखाको लागि जनशक्ति ब्यवस्थापन गर्ने, आगामि बैशाख २२ गतेदेखि बिषयगत समिति सङ्ग सरोकार राख्ने सरोकारवालाहरूबिच अन्तरक्रिया गर्ने, गलकोटमा बाढिले पुर्याएको क्षति तथा विपद व्यवस्थापन समितिको वैठक अनुमोदन गर्ने, गलकोट नगरभित्रका खानेपानिका मुहान दर्ता, गत चैत महिनाको योजना फरफारक गर्ने लगायतका बियषमा छलफल गरि निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।










