ढुंगाले लागेर निसीमा एक वृद्धको मृत्यु

बागलुङ, १४ बैशाख ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२ मा ढुंगाले लागेर एक वृद्धको मृत्यु भएको छ ।
शुक्रबार साँझ घर नजिकै बाँसघारीमा बाँस काट्ने क्रममा अचानक माथिबाट आएको ढुंगाले लागेर गम्भिर घाईते भएका निसीखोला–२ का ६५ वर्षिय बुद्धबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।
उपचारको लागि कार्कीलाई बुतिबाङबाट पाल्पा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here