बडिगाडमा महिलाहरुको लागी नेतृत्व विकास तालिम

कमल पौडेल
बागलुङ, ११ बैशाख ।
बडिगाड महिला तथा वालवाकिा शसक्तिकरण केन्द्र को आयोजनामा खर्वाङमा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
डिगाड गाउँपालिकाको आर्थिक सहयोगमा संचालित सो तालिममा गाउँपालिका भित्रका वडा नं. १,२,३,४, र ८ बाट १०/१० जना महिलाहरुको सहभागिता रहेको छ। समापन कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा अधिकारकर्मि ममतादेवि शर्मा र सकुन्तला शर्माले सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रम बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य विष्णुमाया अर्यालयको स्वागत मन्तव्य तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो। यस अघि चैत्र ५ गते देखि ३ दिन सम्म खार बजारमा वडा नं. ५, ६, ७, ९ र १० का ५० जना महिलाहरुको लागी नेतृत्व विकास तालिम सञ्चालन गरेको थियो।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here