
बागलुङ, ९ बैशाख
बागलुङ बजारमा हुने अधिकांस मेला महोत्सवमा राष्ट्रिय रुपमा पहिचान बनाएका कलाकारको चर्चा हुने गर्छ । ख्याति प्राप्त कलाकारहरुले नै मेला महोत्सवका स्टेच भरिने गर्छन तर त्यो भीडमा जबरजस्त आउने विरलै नाम मध्येका एक कलाकार हुन दिपेन थापा । सानै उमेरदेखि गीत संगीतमा औधी रुची राख्ने दिपेन गाउँगाउँमा हुने मेलाहरुमा समेत आफ्नो प्रस्तुती राख्न अब्बद छन् ।

साविकको म्याग्दी जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोटको गौंश्वारामा जन्मिएर ६ वर्षको उमेरदेखि गीत गाउदै बनमा बाख्रा चराउन जाने गायक दिपेन थापा यतिवेला अधिकांश स्टेजले नै उनलाई खोज्ने गरेको छ । मेला महोत्सवमा उनको खोजी हुन थाल्छ ।

थापाले वालापनको स्मरण गर्दै भने, बनमा बाख्रा चराउना जाँदा पनि एक्लै गीत गाउने गर्थे र केही बर्ष पहिले गाउँमा छदा ‘कोही छैन साथमा बाँकी जीवन तिम्रै हातमा’ गीत गाएर जब फेसबुकमा आयो त्यही गीत एकाएक भाइरल बन्न पुग्यो । दिपेन थापालाई एकाएक कलाप्रेमीहरुले खोजी गर्न थाले । त्यससंगै उनलाई साँगीतिक क्षेत्रमा लाग्नको लागि सहयोग र साथ दिन उनको भगवान बनेर आइपुगे रमेश बिक्रम रत्न र शिक्षा दिनको लागि नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष ।
रमेशले दिपेनलाई गीत रेकर्ड गर्न लिएर सांगीतिक क्षेत्रमा फड्को मार्न सघाए भने दिल शिरिषले शिक्षाका लागि नेपाल वाणिज्य संघको समन्वयमा बागलुङ जिल्ला सदरमुकाम स्थित चिल्डे«नलाईफ ईङिग्लस बोर्डिङ स्कुलमा स्कलरसिपमा अध्ययनको व्यवस्था मिलाए । निम्न वर्गिय परिवारका थापा राम्रो शिक्षा तथा सांगीतिक बातावरणमा हुर्कन चिल्डेनलाईफ ईङ्गिलस बोर्डिङले निरन्तर सहयोग गरेको थापा बताए ।

उनले हालसम्म तीन वटा गीत रेकर्ड गराइ सकेका गायक दिपेन थापाले बिभिन्न ठाउँमा लाग्ने मेला महोत्सबहरूमा पनि आफ्नो प्रस्तुती दिई रहेका छन् भने दर्शकहरुले समेत अत्याधिक रुचाइरहेका छन् । चिल्ड्रेन लाईफ ईङ्गिलस बोर्डिङ स्कुलमा निःशुल्क स्कुल रुपमा कक्षा ९ मा अध्ययनरत दिपेन सबै दर्शक र श्रोता साथै मिडियाको साथ पाएमा भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्य राखेको बताए ।

बाबा– आमा, एक जना दाई र दुई वटा भाईका धनी गायक दिपेनलाई धेरै जनाले सहयोग गरेको र सदा यस्तै सहयोग र साथ मायाको अपेक्षा राखेको बताउछन् ।











