
गुमानसिंह भण्डारी
बागलुङ (गलकोट), ८ बैशाख ।
निरन्तरको बर्षातका कारण गलकोटको हटियाबजार बाढिको उच्च जोखिममा परेको छ । गत बैशाख १ गते गौदि खोलामा आएको बाढिका कारण गलकोट नगरपालिका ३ हटियाको बौराह ठुलोचौतारामा लगाईएको करिब ५० थान ग्याबिन जालि खोलाले बगाएपछि हटियाबजार उच्च जोखिममा परेको हो ।
गलकोटको दुदिलाभाटी र नरेठाटीमा असिना सहितको बर्षात हुदाँ गौदी खोलामा पानीको बहाव उच्च भएको थियो । जसले बौराहमा भएका बस्ति र हटियाबजार संरक्षण गर्ने गरि लगाईएका सबैजसो ग्याबिन जालि बगाएको गलकोट नगरपालिका ३ का अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो । बैशाख १ गतेपछि दिनहु निरन्तर ठुलो बर्षात हुने गरेका कारण खोला हटियाबजारमा पस्ने सम्भावना बढेको भण्डारीको भनाई छ ।
गौदी खोलाको छेउछाउमा भएका अधिकांश घरहरु जोखिममा छन । हटिया बौराहका राम बहादुर खत्री, हिरा कुमारी खत्री र सन्तोष खत्रीको घर जोखिममा छन । गत बैशाख १ गतेजस्तै खोलामा बाढि आउने हो भने ति घरहरु बगाएर लैजाने वडा सदस्य झहर बहादुर खत्रीले बताउनुभयो । अब बर्षात सुरु हुन लागेका कारण समेत हटियाबजारबासीमा क्रास बढेको छ ।

असारदेखि बर्षायाम सुरु हुने भएकाले गौदीखोला पारिवारी हटिया बजारमा बसोबास गर्ने बासिन्दा चिन्तित भएका छन् । खोला किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
गलकोटमा पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन् । गलकोटमा मध्यपहाडी लोकमार्ग बिस्तार भएसँगै मापदण्ड बिपरित खोला किरारमा घर तथा बिभिन्न भवनहरु बन्ने क्रम बढेको हो ।
गलकोटको एकमात्र क्यापस गलकोट बहुमुखि क्यापस समेत जोखिममा छ । गौदी खोला नजिकबाट बग्ने र पहिले लगाईएको ग्याबिन जालि समेत हटाईएपछि क्यापस खोलाको जोखिममा परेको हो । निरन्तर रुपमा बर्षात भए क्यापस परिसरबाट खोला पस्न सक्ने स्थानियले बताएका छन । त्यस्तै हटिया सिमखेत समेत खोलाको जोखिममा छ । त्यहाँ बसोबास गर्ने करिब १०, १५ घरपरिवार समेत क्रासमा बसेका वडा कार्यालयले जनाएको छ । गौदी खोलामा खेत तथा घरधनिहरुले मापदण्ड बिपरित खोला अतिक्रमण गरि ग्याबिन जालि लगाउने गरेका कारण हटियाबजार खोलाको जोखिममा परेको हो । गौदी खोलामा अतिक्रमण भएका कारण बैशाख १ गतेको बाढिले बढि क्षति पुगेको स्थानियले आरोप समेत लगाएका छन ।
स्थानीयतहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनी घर बनाउने क्रम रोकिएको छैन । जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ । समयमै खोलामा आवश्यक अनुसारको कार्य गर्न सकिएन भने करोडौ बराबरको धनजनको क्षति हुने बताईएको छ ।
गलकोटको हटियामा मात्रै खोलाले करिब ५० रोपनी खेतियोग्य जमिन कटान गरि बगरमा परिणत गरेको वडा अध्यक्ष भण्डारीको भनाई छ । पानीको बहावका कारण आएको बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिँदा खानेपानीको समस्या भएको हटियाबजारबासीको भनाई छ । बैशाख १ गतेको बाढिका कारण गलकोटको हटियामा मात्रै १ करोड ५४ लाख बराबरको क्षति भएको वडा सदस्य झहर बहादुर खत्रीले बताउनुभयो ।










