आगलागी पीडितलाई गल्कोट नगरले राहत दिने

बागलुङ, ८ बैशाख ।
गलकोट नगरपालिका ३ हटियाका आगलागी पीडितलाई गलकोट नगरपालिकाको बिपत ब्यवस्थापन समितिले राहत प्रदान गर्ने भएको छ ।
घर धनी हेम बहादुर खत्री र तुलसि साहानी, डेरा गरि बस्ने देबी परियार, जुना परियार, लक्ष्मी दर्जि, अर्जुन दर्जि, भिम थापा गरि ७ जनालाई प्रति परिबार १० हजारको दरले ७० हजार रुपैया राहात सहयोग गर्ने निर्णय भएको नगरप्रमुख भरत शर्मा गैरेले जनकारी दिनुभयो ।
शनिबार साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टा पछि नियन्त्रममा आएको थियो । आगालागीबाट घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने उत्त घरसंगैं जोडिएको तुललसि साहानीको घरको छानो समेत भत्कीएको प्रहरी चौकी हटियाले जानकारी दिएको छ । सिलिण्डर ग्यास लिग भई आगलागी हुँदा घर पूर्ण रुपमा ध्वस्त भएको छ ।
३ तला रहेको उत्त घरको पहिलो तलमा होटल र दोश्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए । जनप्रतिनिधी, प्रहरी, लगाएतको सक्रियतामा आगो नियन्त्रण लिइएको थियो । आगोलागीबाटबाट करिब २० लाखको क्षति भएको प्रहरी चौकी हटियाले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here