एउटै मञ्चमा तीन सर्जक, तीन विधाको स्वाद

141

बागलुङ, ८ बैशाख ।
मलाई मेरा मात्रा होईन अरुका पीरहरु पनि खतरनाक लाग्छन ।
मौषम जस्तै मान्छेहरुका त, तस्विरहरु पनि खतरनाक लाग्छन ।

दुनियाँ ठगेर दान दिँदा पनि उ भगवान कै अगाडी सम्मानित छ,
र त आस्थामा पूजिने मन्दिर पनि खतरनाक लाग्छन ।

एक साहु महार्जन रोजगार दिने भन्दै जोवानी माग्दै थियो,
र त यो कलंकबाट सुरु हुने जागिरहरु पनि खतरनाक लाग्छ ।

जोसँग कुपोषित विचार , दुषित व्यवहारमात्रै देखिन्छ
जोसँग कुपोषित विचार , दुषित व्यवहार छ,त्यस्त मान्छेको शरिर पनि खतरनाक लाग्छ ।

बैरिहरुसँग त जनतन लडेकै छु, र त जितेकै छु अहिलेसम्म
बरु आफन्तले राखेका जन्जिरहरु खतरनाक लाग्छ ।


प्रस्तुत गजल बागलुङका युवा सर्जक दिल शिरीषले बागलुङमा आयोजिक एक कार्यक्रममा बाचन गरेका थिए । प्रायः साहित्य कार्यक्रम विहिन हुने बागलुङमा हातेमालो साहित्य संगलले शनिबार आयोजना गरेको एक मञ्च तीन सर्जक कार्यक्रमले साहित्य पारखीहरुलाई लागि नयाँ स्वाद पस्केको थियो ।
नेपाली साहित्यको विकास र विस्तारको लागि क्रियाशिल साहित्य संगमले धौलागिरी तीन सर्जकलाई एउटै मञ्च उतार्नुका साथै फरक–फरक तीन विधाका साहित्य रचनाको कोशेली प्रदान ग¥र्याे । कार्यक्रममा सहभागी तीन सर्जकले नेपाली साहित्यका तीन फरक विधा गजल, कविता र मुक्तक बाचन गरेका थिए ।
कार्यक्रममा सहभागी सर्जकहरुले मानवीय स्वभाव तथा मनोविज्ञान, विकृति, विसंगी, न्याय शान्ति र राष्ट्रभक्तिले ओतप्रोत साहित्य रचना बाचन गरेका थिए । देशका सिमा क्षेत्रमा हुने गतिविधिलाई लक्षित गर्दै पर्वतका सर्जक डिल्लीराम शर्माले मुक्तकमा लेखेका छनः
तिम्रो त केबल मन हराएको छ ।
गरिवको थालीबाटै भोजनहराएको छ ।।
यो जंगे पिल्लरको बराई सराईले गर्दा
हाम्रो त, हजुर आगन हराएको छ ।
समय सामयीक विषयमा, गहन र ओजस्वी रचना बाचन भैरहेको माहोलमा सर्जकहरुले आफ्नो युवा अवस्थालाई समेत रचना मार्फत सम्झने प्रयास गरे । साहित्य रचनाको बामे सर्दै गर्दा प्रेम प्रस्तावलाई तयार गरेको रचना सुनाउँदै म्याग्दीका सर्जक घायल श्री ।
चिसो चिसो पानी लभ गर्ने बानी
मैले तिमीलाई प्रेम गरे विहे गर्ने आसाले
तिम्रा बा ले कुटे मलाई हरियो बाँसले
लभ ईज लाईफ फेवा तालमा डाईफ हान्दा,
डाईफ हाल्ने बेलामा हने कट्ट् गायव ।
साहित्य विधाका खासै कार्यक्रम नहुने बागलुङमा नयाँ वर्षको सुरुवातसँगै सुरु भएको रचना बाचन कार्यक्रमले नयाँ स्रष्टाहरुलाई थप उत्साह र प्रेरणा मिल्ने साहित्यकार काजी रोशनले बताउनुभयो । ‘युवाहरुले राम्रो अभियानको सुरुवात गरेका छन’ साहित्यकार रोशनले भन्नुभयो–‘साहित्य क्षेत्रका विकासलाई सबैले सहयोग गर्नु आवश्यक छन् । धौलागिरीका विभिन्न क्षेत्रमा रचना बाचत तथा साहित्य प्रकाशनको काम गर्दै आएको हातेमालो साहित्य संगमले हरेक तीन÷तीन महिनामा रचना बाचन कार्यक्रमको आयोजना गर्न अध्यक्ष सरु पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here