
बागलुङ, ८ बैशाख ।
बागलुङको काठेखोला गाउँपालिका–५ विहुँको घोडाबाधेमा जन्ति बस दुर्घटना भएको छ ।
ताराखोला गाउँपालिका–१ माझखर्कबाट लेखानी फर्कदै गरेको ध १ ख ४६८ नम्बरको जन्ति बस घोडाबाधेको भ्यू टावर नजिकै दुर्घटना हुँदा ३ जना गम्भिर सहित ८ जना जन्तिहरु घाईते भएका छन् ।
दुर्घटनामा परी लेखानीका चन्द्रबहादुर सूनार, गंगा सुनार, ज्योती सुनार, संगीता सुनार, सोनी सुनार र हेमन सुनार, संगीता सूनार र आरती सुनार घाईते भएका छन । घाईते मध्ये गंगा सूनार र ज्योति सुनारलाई गम्भिर चोट लागेको घटना स्थलमा रहनुभएकी स्थानीय टंममाया सुनारले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिका–८ लेखानीबाट ताराखोला गाउँपालिका–१ माझखर्क जन्ति गएर लेखानी फर्किने क्रममा बस दुर्घटना भएको स्थानिय भरतप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
घाईतेहरुलाई एम्बुलेन्स मार्फत धौलागिरी अञ्चल अस्पताल बागलुङ बजारमा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनायो ।










