विहुँ घोडाबाधेमा जन्ति बस दुर्घटना, ३ जना गम्भिर घाईते

बागलुङ, ८ बैशाख ।
बागलुङको काठेखोला गाउँपालिका–५ विहुँको घोडाबाधेमा जन्ति बस दुर्घटना भएको छ ।
लेखानीका जन्ति सवार ताराखोला गाउँपालिका–१ माझखर्कबाट लेखानी फर्कदै गरेको ध १ ख ४६८ नम्बरको आइचर बस घोडाबाधेको भ्यू टावर नजिकै दुर्घटना हुँदा ३ जना गम्भिर सहित ८ जना जन्तिहरु घाईते भएका छन् ।
काठेखोला गाउँपालिका–८ लेखानीबाट ताराखोला गाउँपालिका–१ माझखर्क जन्ति गएर लेखानी फर्किने क्रममा बस दुर्घटना भएको स्थानिय भरतप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
घाईतेहरुलाई एम्बुलेन्स मार्फत धौलागिरी अञ्चल अस्पताल बागलुङ बजारमा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनायो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here