
बागलुङ, ७ बैशाख ।
गत बैशाख १ गते र २ गतेको बाढिका कारण गलकोटमा पु¥याएको क्षतिलाई प्राथमिकिकरण गरि गलकोट नगरपालिकाले कार्य तिब्र पारेको छ । बिशेष गरि गलकोट नगरपालिका १ र २ मा खानेपानी, मोटरबाटो र बिद्युतलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाईएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरभित्रका प्राबिधिकहरुले २ वटा वडाका खानेपानी तथा मोटरबाटोको स्टीमेट तयारी पारि कार्य सुरु गरिएको नगरउपप्रमुख रेनुका काउचा मगरको भनाई छ ।
सबैभन्दा बढि क्षति पु¥याएको दुदिलाभाटीमा सवारी साधन आवतजावत बन्द भएपछि नगरपालिकाले काफलठुटा देखि कटौन्य सम्मको मोटरबाटो खुलाउने कार्य अन्तिम चरणमा पुगेको छ । बाटो खुलाउन बधबार, बिहिबारदेखिनै निरन्तर रुपमा स्काभेटर, जेसिबि र ट्याक्टरहरु प्रयोग गरिएको नगरउपप्रमुख काउचाले बताउनुभयो ।
भोलिदेखि दुदिलाभाटीको कटौन्य सम्म सवारी साधन चल्न सक्ने मोटरबाटो हुने नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीले बताउनुभयो । त्यस्तै नरेठाटी देखि दुदिलाभाटी जोडने मोटरबाटोको मर्मत समेत तत्काल सुरु हुने भण्डारीको भनाई छ । दुदिलाभाटी भित्र भएका अवरुद्ध ८ वटा खानेपानी योजनाको लगत स्टीमेट तयार पारि पाईप खरिद गर्ने प्रक्रिया अगाडि बढाईने नगरपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक बिरजङ भण्डारीले बताउनुभयो । खानेपानी अवरुद्ध हुदाँ ४ हजार उपभोक्ताहरु मर्कामा परेका छन । गलकोट नगरपालिका २ नरेठाटीमा गौदी खोलामा आएको बाढिका कारण अवरुद्ध खानेपानी योजनाको सुचारु गरिएको छ । जनप्रतिनिधि र स्थानिय उपभोक्ताहरुको सहभागीतामा बजिनि खानेपानी योजना सुचारु गरिएको वडा सदस्य घनश्याम कुबरले बताउनुभयो । नगरपालिकाले वडा नम्बर १ र २ मा तत्काल क्षतिको विवरण संकलन गरि प्राथमिकताका आधारमा काम अगाडि बढाउन वडा कार्यालयलाई निर्देशन समेत दिएको छ ।










