
बागलुङ, ७ बैशाख ।
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार विहान निसीखोला–२ छारछरेमा बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ बर्षिय छोरा बिशाल सुनारको जलेर ज्यान गएको वडाअध्यक्ष कुविर विकले जानकारी दिनुभयो ।
आगोलागीले गोठ जलेर नष्ट हुँदा ३ लाखको क्षति भएको वडाअध्यक्ष विकले जानकारी दिए । आगो के कारणले लागेको खुलेको छैन । आगो स्थानियहरुले नियन्त्रणमा लिएका थिए ।










