बागलुङमा बन्दको आंशिक प्रभाव

बागलुङ, ५ बैशाख ।
नेत्र बिक्रम चन्द बिप्लवले आब्हान गरेको बन्दको बागलुङ बजारमा आंंशिक प्रभाव परेको छ । बन्दका कारण बजारभित्र बाइकहरु संचालन भएपनि बिहानैदेखि लामो तथा छोटो दुरीका सबै सवारी साधन ठप्प छन् । मध्यपहाडी लोकमार्गमा समेत सवारी साधन चलेका छैनन् ।
बन्दले बागलुङदेखि बाहिर जाने यात्रुहरुलाई समस्या परेको छ । काठमाडौंदेखि बागलुङ आएका रात्रीकालीन सवारीहरुलाई विहानैदेखि प्रहरीले स्कटिङ गरेर बसपार्कसम्म ल्याएको थियो ।
यस्तै विहानै बागलुङ बजारको शिवाधाराचोकमा फेलापरेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले नष्ट गरेको छ । बाँसको टुक्राको विच भागमा कपडा बेरेर शितल होटल अगाडी राखिएको शंकास्पद बस्तु बम नभएको सेनाले पुष्टि गरेको छ ।
बागलुङ नगरपालिका शिवधाराचोकमा फेला परे शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले परीक्षण गर्दा बम नभएको पुष्टि भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here