बागलुङमा अवैध रुपमा औषधि विक्री गर्ने पक्राउ

बागलुङ, २ बैशाख ।
बागलुङ बजारमा अवैध रुपमा औषधि विक्री गर्ने एक जना पक्राउ परेका छन् ।
कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको चैत्राष्टमी मेला–२०७५ मा मेला स्थानमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का १८ वर्षिय राज रावतले दात चम्काउने आयुर्वेदिक औषधि भन्दै सेतो धुलो बस्तु र रातो तरल पदार्थ डिब्बामा राखेर अवैध रुपमा विक्री गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
रावतले मेला हेर्ना आएका दर्शकहरुलाई दात चम्काउने आयुर्वेदिक औषधि भन्दै ठगि गरेकाले धुलो वस्तु र रातो तरल पदार्थ सहित निन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here