गल्कोटमा बाढीको ताण्डबः नगरप्रमुख र उपप्रमुखले एक महिनाको पारिश्रमिक दिने

नवीन शिशिर
बागलुङ, २ बैशाख
भारी वर्षासँग बागलुङको गल्कोटमा आइतबार आएको बाढीले क्षतीग्रस्त भौतिक संरचना निर्माण गर्न गल्कोट नगरपालिकाले राहत कोष घोषण गरेको छ ।
गल्कोट नगरपालिका विपत व्यवस्थापन समितिको आकस्मिक बैठकले पाँच करोड बराबरको क्षति भएको अनुमान गर्दै पुनःनिर्माणको लागि राहतकोष घोषण गरेको हो ।
राहत कोषमा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैर र उपप्रमुख रेणुका काउचाले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताउनुभएको छ । आकस्मिक बैठकमा मेयर र उपमेयर दुवैले पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।


सबै वडाध्यक्ष तथा पदाधिकारीहरुले पनि एक महिनाको तीस प्रतिशत पारिश्रमिक राहत कोषमा प्रदान गर्ने निर्णय भएको मेयर भरत शर्माले जानकारी दिनुभयो । बैठकले राहत कोषमा सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीलाई आह्वान गर्ने निर्णय गरेको छ ।
मंगलबारदेखि नै प्रथामिकताको आधारमा पुनःनिर्माणको काम सुरु हुने मेयर गैरेले बताउनुभयो । खानेपानी आपूर्तिलाई सहज बनाउने कामदेखि निर्माणको काम सुरु हुने उहाँको भनाई छ ।
वर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामाग्री, टेका लगायतका सामाग्री बगाएको छ । खोलाले गलकोट नगरपालिका वडा नम्बर ३ को पुल समेत बगाएको छ ।


गौधिखोलाको नजिक रहेको सार्वजनिक शौचालयमा बाढी पसेको छ । गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी ईन्ङलिस स्कुल, ईश्बर बुढाथोकी, वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घरमा बाढी पसेको छ । त्यस्तै उपस्बास्थ्य चौकीमा समेत बाढी पसेको स्थानीय गुमानसिंह भण्डारीको भनाई छ ।
बुढाथोकीको अनुसार कर्ण बहादुर श्रीसले पालेको २ ओटा बगुंर बगाएको छ भने गोठ भत्काएको छ । गलकोट नगरपालिका बडा नम्बर ३ हटियामा होटल मनु पनि बाढीले प्रभावित भएको छ ।
गलकोट नगरपालिका बडा नम्बर २ मा स्थानीय खेतमा खोला पसको छ । स्थानीय राम बहादुर थापाको गोठ र कुखुरा फर्म बगाएको छ । आइतवार दिउँसो २ बजेबाट गलकोटमा असिना सहितको वर्षा भएको थियो । वर्षासँगै आएको बाढीले खोला आसपासका क्षेत्रहरू कटान गरको छ । गलकोट नगरपालिकाको दुदिलाभाटी ,२ नरेठाटी, हटिया, हरिचौर मजुवा लगायतका स्थानमा असिनासहित वर्षा भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here