कालिका कप भलिबलः उपाधिको लागि छन्त्याल र बाहिनी अड्डा भिड्ने

अर्जुन कार्की
बागलुङ, १ बैशाख ।
चैत्राष्टमी मेलाको अवसरमा संचालित कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि छन्त्याल र श्री २३ नम्बर बाहिनी अड्डा भिड्ने भएका छन् ।
शुक्रबारको पहिलो सेमिफाइनल खेलमा छन्त्याल सिद्धार्थ चस्मा घरले काठेखोला गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियोभने दोस्रो सेमिफाइनलमा श्री २३ नम्बर बाहिनी अड्डाले अनेरास्ववीयू बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।
छन्त्यालले काठेखोलालाई २५–१६, २५–२२, २१–२५ र २५–१० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै २३ नम्बर बाहिनी अड्डाले पहिलो र चौथो सेट गुमाएपनि दोस्रो, तेस्रो र पाचौं सेटमा उत्कृष्ट खेल प्रस्तुत गरेर जित हासिल गरेको थियो । अड्डाले अनेरास्ववीयू बागलुङलाई १८–२५, २५–१५, २५–१७, २०–२५ र १५–११ को सेटमा पराजित गरेको थियो ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैत्राष्टमी मेला–२५ मा आयोजना गरिएको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछभने उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ र तृतीय हुने टिमले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मूल आयोजक समितिका सदस्य–सचिव कुमार खड्काले जानकारी दिए । चैत्राष्टमी मेला बैशाख २ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिता अन्तरगत भोली (सोमबार) पहिलो खेल तेस्रो स्थानको लागि काठेखोला गाउँपालिका विरुद्ध अनेरास्ववीयू बागलुङ र दोस्रो खेल प्रतियोगिताको उपाधिको लागि छन्त्याल र श्री २३ नम्बर बाहिनी अड्डाविच प्रतिस्पर्धा हुने भलिबल संयोजक किशोर छन्त्यालले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here