घुम्टे युवा परिवारद्वारा होली मेलाको आय व्यय सार्वजनिक

बागलुङ, २८ चैत ।
सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले होली पूर्णिमा मेला २०७५ को समीक्षा तथा आय व्यय सार्वजनिक गरेको छ ।
खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नारका साथ संस्थाले गत चैत ३ गतेदेखि ६ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक्रम सहित आफनो ३४ औं वार्षिकोत्सव तथा होली मेला २०७५ आयोजना गरेको थियो ।
संस्थाको कार्यालय गलकोट नगरपालिका ७ मल्ममा आयोजित समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रममा मेलामा आम्दानी नगद रु ७ लाख ८० हजार ५ सय ४५, खर्च नगद रु ५ लाख ९१ हजार ६ सय ८४ र खुद बचत नगद रु १ लाख ८८ हजार ८ सय ६१ भएको आय व्यय सहितको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले प्रस्तुत गरेका थिए ।
समीक्षा कार्यक्रममा २०७५ को होली मेला विगतमा भन्दा धेरै राम्रो, कम खर्चमा स्तरिय मेला, यसपटक मेलामा दर्शकको उल्लेख्य उपस्थिती, सबै कार्यक्रमहरुको व्यवस्थापन पक्ष चुस्त दुरुस्त रहनुका साथै सौहार्द वातावरणमा सम्पन्न भएको समिक्षा सहितको निष्कर्ष निकालेको छ । होली मेलाको अवसरमा यस वर्ष संस्थाले कार्यालय परिसरमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रम घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र कार्यवहाक सचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here