चैत्राष्टमी मेलाः कालिका कप भलिबल सुरु

बागलुङ, २८ चैत ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैत्राष्टमी मेला २०७५ मा कालिका कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बुधबार बागलुङ टे«ेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ ।
सेन्टरले उद्घाटन खेलमा बानपा–९ सिगानालाई ३–१ सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गर्नुभएको थियो ।
चैत्राष्टमी मेला २०७५ मा ९ टिमको सहभागिता रहेको छ । लिग कम नक आउट सिष्टममा खेलाइने खेलमा नेपाली सेना, नेपाल प्रहरी सहित पर्वत, म्याग्दी, स्याङ्जा आदी जिल्लाका टिमले भाग लिएको प्रतियोगिता संयोजक किशोर थापाले बताए ।
सर्बाधिक पुरस्कार राशिको कालिका कप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५१ हजार हात पार्ने छ । यसै गरी दोस्रो हुने टिमले १ लाख १ हजार तथा तेस्रो हुने टिमले ५१ हजार हात पर्ने छ । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको सदस्य–सचिव कुमार खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत बिहीबार (आज) ३ खेल हुनेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here