
गल्कोट, २७ चैत ।
गलकोट हटियाका युवाहरुका लागि युवा स्वरोजगार उद्यमशिल तालिम दिने भएको छ । गलकोट नगरपालिका वडा नम्बर ३ को बिशेष पहल र घरेल तथा साना उद्योग बिकास समितिको आयोजनामा तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम बैशाख महिलामा सञ्चालन हुने भएको छ । तालिम १० दिनसम्म संचालन हुने वडा अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो ।
विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको अध्यक्ष भण्डारीको भनाई छ ।
वडा तहको सहयोगमा तालिमको विषय र प्रशिक्षार्थी छनौट गरिने भएको छ । तालिममा धौलागिरी प्राबिधिकि शिक्षालय लेते मुस्ताङको प्राबिधिकि सहयोग रहने अध्यक्ष भण्डारीले बताउनुभयो । ३ नम्बर वडाको प्रत्यक्ष सहभागितामा तालिम संचालन गर्न लागिएको उहाँको भनाई छ ।
उहाका अनुसार तालिम लिन सामान्य लेखपढ गरेकालाई समेत अवसर दिइने भएको छ ।
तालिममा उद्योग कसरी सञ्चालन गर्न सकिन्छ, आम्दानीका स्रोतहरु के के हुन लगायतका बिषयमा सहजिकरण गरिने वडा सदस्य झहर बहादुर खत्रीले बताउनुभयो ।
वडा भित्रका युवालाई तालिम उपलब्ध गराउदा उनीहरुले स्वरोजगारको अवसर पाउने खत्रीको भनाई छ । गलकोट नगरपालिका ३ ले वडालाई बलियो बनाउने र त्यहा उत्पादन भएका युवालाई आफ्नै क्षेत्रमा रोगजारीको व्यवस्था गर्न तालिम संचालन गर्न लागेको बताएको छ ।
युवा पिढीलाई प्राविधिक शिक्षा तर्फ आकर्षित गर्न र आफ्नै क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्न वडा तहमा पहिलो पटक यस्तो तालिम संचालन गरेको हो ।
तालिम बैशाख ५ गतेदेखि १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । त्यस्तै हटियामा २ महिने बेमौसमि तरकारी खेति र सिलाई, कटाई तालिम समेत सञ्चालन गरिने भएको छ । आगामि बैशाख ७ गतेदेखि असार ६ गतेसम्म गलकोट नगरपालिका ३ को पहलमा हटियामा तालिम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ । सो तालिम समेत घरेलु तथा साना उद्योग बिकास समितिको आयोजना र धौलागिरी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोग रहने बताईएको छ । तालिममा वडा भित्रका बिशेष गरि ब्यवसायमा आवद्ध ब्यक्तिहरुलाई प्राथमिकता दिने वडा सदस्य खत्रीको भनाई छ ।










