
बागलुङ, २६ चैत्र ।
जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो दशौं स्थापना दिवसका अवसर पारी आयोजना गरेको नवाहव्यापी कार्यक्रमको मुल समारोह मंगलबार बागलुङ बजारमा सम्पन्न गरेको छ ।
हरेक वर्ष चैत्र २६ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आईरहेको संस्थाले यस वर्ष पनि नवाहव्यापी कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
चैत्र १८ गतेबाट शुरु गरिएका कार्यक्रमको आज मुल समारोहमा बोल्दै बागलुङ नरपालीकाका नगरप्रमुख जनकराज पौडेलले समाजमा रहेको आर्थिक असमानता अन्तयका लागि सहकारीको आवश्यकता रहेको बताएका थिए । सहकारीहरुले बचत र ऋणको कारोवार गरी नाफामुखी मात्र नभई नेपाली समाजमा धनी र गरिवहरु वीच रहेको आर्थिक असमानताको खाडल पुरी हुँदा खाने वर्गलाई हुने खाने बनाउन तर्फ लाग्नुपर्ने विषयमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला सचिव भिमलाल पोखरेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी, जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिपक गौतम, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, संस्थाका सल्लाहकार हरिकृष्ण सुवेदी, बुर्तिबाङ सदस्य सेवा केन्द्का संयोजक गण्डकी थापा अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मुल समारोहकै क्रममा संस्थाले सकरात्मक सोच र स्वपरिवर्तन सम्वन्धि उत्प्रेरणात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ । मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष सामाजिक अभियन्ता रामजी अधिकारीको प्रशिक्षणमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमका क्रममा अधिकारीले मानव हुनका लागि उसभित्र मानवता जागेको हुनुपर्ने र मानवता नै मानीसको पहिलो धर्म रहेको कुरा व्यक्त गरेका थिए । अधिकारीले सकरात्मक सोच, स्व परिवर्तन मानवता, परोपकार र राष्ट्रप्रेम बारेमा उत्प्रेरणत्मक तथा जीवनरुपान्तरणत्मक प्रशिक्षण गरेका थिए ।
सोही अवसरमा समाजमा बढ्दै गईरहेको नकरात्मक सोच र गतिविधि तथा ह्रास हुदै गएको स्वयंसेवालाई सकरात्मक सोच मार्फत समाजमा पुर्नजागृत गर्ने उद्देश्यका साथ संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा ३५ सदस्यीय सकरात्मक सोच जागरण अभियानको घोषण गरिएको थियो ।
संस्थाले दशौं स्थापना दिवसकै अवसर पारी सदस्यहरुका लागि डिस्काउण्ट कार्ड पनी जारी गरेको छ । जिल्ला स्थित विभिन्न व्यवसायीहरुसंग सम्झौता गरी डिस्काउण्ट कार्ड मार्फत सदस्यहरुले समान किन्दा संस्थासंग भएको सहमति अनुसार छुट पाउने व्यवस्था गरिएको संस्थाले जानकारी गराएको छ । आजाकै दिन संस्थाले ५ जना असल ऋणीलाई असल सदस्य परिचयपत्र समेत वितरण गरेको छ ।
कार्यक्रमको समापनका क्रममा संस्थाका अध्यक्ष पौडेलले सिवाईसी साकोसले सदस्यहरुलाई आवश्यकता पर्ने सबै किसीमका सेवा सुविधाहरु एउटै ढोकाबाट प्रदान गर्ने योजनाका साथ अगाडि वढिरहेको बताएका थिए । जिल्लामा सहकारीको संख्या अत्याधिक भएतापनि जनसंख्याको आधारमा २ लाख भन्दा वढि मानिसहरु सहकारीको सेवा भन्दा बाहीर रहेकाले लक्षीत वर्गहरुलाई अझै पनी सहकारीमा समेटन् नसकिएको पौडेलको भनाई थियो । उनले २०९० सम्ममा जिल्लाका ५० हजार व्यक्तीहरुलाई सिवाईसीको सेवा भित्र आवद्ध गराउने योजना समेत रहेको बताएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सचिव वेदप्रसाद शर्माको स्वागत र सह–सचिव तारावहादुर विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमका क्रममा संस्थाका गतिविधि तथा हालसम्मको प्रगतिका विषयमा संस्थाका प्रवन्धक नवराज शर्माले जानकारी गराएका थिए ।










