
बागलुङ, २६ चैत ।
गलकोट नगरपालिकाले आउँदो शैक्षिक सत्र देखि शिक्षक ब्यवस्थापन गर्ने भएको छ । शिक्षक ब्यवस्थापनका लागि गलकोटका ८ बिद्यालयका शिक्षकहरुलाई अन्य बिद्यालयमा ब्यवस्थापन गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरभित्रको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यका साथ शिक्षक ब्यवस्थापन सुरु गरिएको गैरेको भनाई छ ।
अधिकांश बिद्यालयमा शिक्षक दरबन्दि नहुदाँ स्थानियहरुले आर्थिक संकलन गरि शिक्षकलाई तलब खुवाउनुपर्ने बाध्यता रहेकाले शिक्षक ब्यवस्थापनले स्थानियलाई राहात हुने नगरप्रमुख गैरेले बताउनुभयो । शिक्षकलाई पेशाप्रति समर्पित र व्यवसायिक शिक्षक बनाउनका लागी यसले महत्वपुर्ण भुमिका खेल्ने गैरेको भनाई छ ।
स्थानीय सरकारलाई शिक्षाको आधारभूत र माध्यमिक तहको शिक्षाको व्यवस्थापन गर्ने अधिकार प्रदान गरेपछि नगरभित्र शिक्षक ब्यवस्थापनलाई गर्न सुरु गरिएको नगरपालिकाका सामाजिक बिकास समिति संयोजक हिम बहादुर भण्डारीले बताउनुभयो । बिद्यालयमा बिद्यार्थी नहुने तर सेवा सुविधा लिने परिपार्टि भएकाले अब उक्त परिपार्टिको अन्त्य हुने शिक्षा साखाका उपसचिव खेम आचार्यले बताउनुभयो ।
गलकोट नगरपालिकाको शिक्षा शाखाले तयारी गरेको गृहकार्य अनुसार धेरै विद्यार्थी भएको तर शिक्षक नभएको स्थानमा थोरै विद्यार्थी र धेरै शिक्षक भएको स्थानबाट ब्यवस्थापन गर्ने र तत्कालको समस्या समाधान गर्ने रहेको नगरप्रमुख गैरेको भनाई छ ।
भण्डारीका अनुसार गलकोटको चौराह प्राबि गलकोट नगरपालिका १ दुदिलाभाटी, महेन्द्र माबि गलकोट नगरपालिका २ नरेठाटी, नेता प्राथमिक बिद्यालय गलकोट नगरपालिका ७ मल्म, देउरालि प्राथमिक बिद्यालय गलकोट नगरपालिका ७ मल्म, पाण्डुकेश्वर प्राथमिक बिद्यालय गलकोट नगरपालिका ९ तार्गा, ढुङगिल प्राथमिक बिद्यालय गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी, छिचिम्रा प्राथमिक बिद्यालय गलकोट नगरपालिका ११ रिघा, देविस्थान प्राथमिक बिद्यालय गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका एक, एक जना शिक्षक हटाउने र बिद्यार्थी संख्या बढि भएका र दरबन्दि कम भएका गौदि गौखिम आधारभुत बिद्यालय दुदिलाभाटी, चमुवा आधारभुत बिद्यालय गलकोट नगरपालिका ४, मनेवा आधारभुत बिद्यालय रिघा, दिवज्योति आधारभुत बिद्यालय मल्म, बालज्योति प्राथमिक बिद्यालय रिघामा एक, एक जना र प्रगति आधारभुत बिद्यालय मल्ममा २ जना शिक्षक थप गरिने भण्डारीको भनाई छ ।
त्यस्तै आगामि बर्ष नगरपालिकाले कक्षा १ सुधार बर्ष घोषणा गरेको छ । बिद्यार्थीको शैक्षिक क्रियाकलापको आरम्भ कक्षा १ देखि हुने भन्दै नगरपालिकाले कक्षा १ बाटै शैक्षिक सुधारको योजना बनाएको हो । जसअन्तर्गत कक्षा ब्यवस्थापन, शिक्षक तालिम, शैक्षिक सामाग्रीको ब्यवस्थापन गरिने सामाजिक बिकास समिति संयोजक भण्डारीको भनाई छ ।










