सिवाईसीले गर्यो बागलुङमा वाल मिलन कार्यक्रम

बागलुङ, २६ चैत्र ।
वालवालिकामा वचत गर्ने वानीको विकास गर्ने उदेश्यले बागलुङको सिवाईसी वचत तथा ऋण सहकारीले सोमवार वृहत वाल मिलन गरेको छ । सहकारीको १० औ स्थापना दिवसको अवसरमा वाल मिलन कार्यक्रम गरेको हो ।
बालबालिकालाई सानैदेखि पैसाको महत्व बुझाई भविष्यका लागि बचत गर्ने बानी बसाउने योजना अनुसार कार्यक्रम आयोजना गरेको जनाईएको छ ।
बचत गर्ने असल बानी सानै देखि सिकाउन वालवालिकामा सचेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले वालवालिकालाई सकारात्मक सोच र वचतको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा वोल्दै सस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्कुल पढ्ने सानै उमेरदेखिका बालबालिकालाई बचत संस्कृति विकास गर्ने उद्देश्यले सहकारीले यस्तो योजना ल्याएको बताउनुभयो ।
गर्ने प्रचलन एकदमै कम रहेको अवस्थामा देशको विकासका लागि बचतको स्तर वृद्धि गर्नुपर्ने बताउँदै सहकारीले यस्तो अभियन सञ्चालनमा ल्याएको समेत बताउनुभयो । समाजका सबै तहमा वित्तिय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यलाई ध्यानमा राखी वाल वचत अभियान ल्याएको सहकारीले जनानएको छ ।
वाल वचतकर्ता सोहम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला वचत संघका सचिव ऋषिराम गौतम ,स्वास्थ्य सहकारीसंघ बागलुङका अध्यक्ष सीता शर्मा ,वुर्तिवाङ सेवा केन्द्रका अध्यक्ष गण्डकी थापा अधिकारी लगाएतले सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहने भएकाले अभियानको आवश्यकता रहेको बताएका थिए ।
बचत गर्ने बानी विकासका लागि बालबालिका माझ पु¥याउन आवश्यक रहेको वताएका थिए । वाल भेलामा १ सय भन्दा वढी वालवालिकाको सहभागीता रहेको थियो ।
संस्थाका कर्मचारी सचिता अर्यालको स्वागत र प्रवन्धक नवराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वालवालिका हरुले विभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
यसैविच सहकारीले सोमवारनै बागलुङका होटल, किराना पसल,डेन्टल तथा मिष्ठान्न व्यवसायी विच अन्र्तक्रिया गरेको छ । सो अवसरमा व्यवसायीहरुले सहकारीका शेरय सदस्यहरुलाई विषेश सहुलियतमा सेवा प्रभाव गर्न साझेदारी गर्न तयार रहेको वताएका छन् । सहकारीले जारी गर्ने परिचय पत्रको आधारमा १० देखी ३० प्रतिशत सम्मको सहुलियत दिने विषयमा सहमती जनाएका छन । सहकारीको मंगालवार हुने १० औ स्थापना दिवस मापन समारोहमा शेयर सदस्य परिचय वितरण सुरु गर्ने तयारी भएको सहकारीका अध्यक्ष पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here