
कमल पौडेल
बागलुङ, २५ चैत्र ।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गलकोट नगरपालिकाको पूर्णतासंगै संगठन विस्तार तथा पूर्नगठन कार्यक्रमले वडाहरुमा तिव्रता पाएको छ ।
सोमवार गल्कोट नगरपालिका भित्रका तिन ओटा वडामा एकै साथ कमिटिहरु गठन गरिएको छ । जसअन्तरगत वडा नं. २ नरेठाँटिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले टंक कार्किको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटिको गठन गरेको छ। जसको सचिवमा राम वहादुर कार्कि रहनुभएको छ ।
कार्यक्रममा नेकपाका प्रस्तावित जिल्ला कमिटि सदस्यहरु वुल aहादुर केसि, तिलक उप्रेती, चन्द्रदत्त रेग्मी, वोम गुरुङ, गुमानसिंह बुढाथोकी, नगर कमिटि सचिव डम्बर श्रीस लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम होम वहादुर थापाको अध्यक्षता, राम बहादुर थापाको स्वागत मन्तव्य तथा मनोज पुनको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै वडा नं. १ दुधिलाभाटिमा पनि वडा कमिटिको गठन गरिएको छ । तेजीन्द्र केसिको अध्यक्षतामा गठित २७ सदस्यीय कमिटिको सचिवमा तेजिन्द्र शर्मा रहनुभएको छ । कार्यक्रम प्रस्तावित जिल्ला कमिटि सदस्य तिलक उप्रेती र गुमानसिंह वुढाथोकीले प्रशिक्षणात्मक मन्तव्य सहित सहजिकरण गर्नुभएको थियो । कार्यक्रम जिवन भण्डारीको अध्यक्षता, तेजिन्द्र शर्माको स्वागत मन्तव्य तथा भिम भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
वडा नं. ५ मा ललीत मरासिनिको संयोजकत्वमा २९ सदस्यिय वडा संगठन कमिटिको गठन गरेको छ । जसको सचिवमा होम बहादुर वस्नेत रहनुभएको छ । कार्यक्रममा प्रस्तावित जिल्ला सदस्य डिलaहादुर परियार, नगर सदस्य सोम वहादुर थापा, वडा अध्यक्ष सुवेदार टिका वहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य दल वहादुर थापाको विशेष उपस्थिति रहेको थियो । यो हप्ता प्रत्येक वडामा पुग्ने र कमिटिहरु गठन गर्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गल्कोट नगरकमिटिका सचिव डम्बर श्रीसले जानकारी दिनुभएको छ । नेकपा एमाले र एकिकृत नेकपा माओवादी केन्द्रको एकिकरण पछि पहिलो पटक कमिटिहरुले पूर्णता पाएका हुन् ।










