
बागलुङ, २५ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिकाको सबै वडामा वडा कमिटी एकता प्रक्रिया सम्पन्न भएको छ ।
नेकपा काठेखोला गाउँपालिका संयन्त्रको पहलमा आठ वटै वडामा एकताको टुङ्गो लगाएको हो । एकता भेलाले वडा नम्बर १ मा अध्यक्षको लागि टिका थापा, सचिवमा गोविन्द खडका, वडा–२ को अध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा नारायणदक्त रेग्मीको नाम सिफारिस भएको छ ।
वडा ३ को अध्यक्षमा यामबहादुर श्रीस, सचिवमा दिपेन्द्र क्षत्री, ४ को अध्यक्षमा नरबहादुर थापा, सचिवमा जितबहादुर पुन, ५ को अध्यक्षमा प्रेम पुन, सचिवमा गीता विक सिफारिस भएको संयन्त्र सदस्य डिल्लीराज गौतमले जानकारी दिनुभयो ।
वडा ६ को अध्यक्षमा थानेश्वर कँडेल, सचिवमा चिन्तमणी विक, ७ को अध्यक्षमा कृष्णबहादुर काकीर्, सचिवमा रनबहादुर जिसी, वडा ८ को अध्यक्षमा बेलबहादुर जिसी र सचिवमा झबहादुर सूनारको नाम सिफारिस भएको छ ।
वडाबाट सिफारिस भएका पदाधिकारीको अन्तिम टुङ्गो जिल्ला संयन्त्रले लगाउने छ । सबै वडामा र्निविरोध सिफारिस भएको हुँदा कुनै समस्या नहुने संयन्त्र सदस्य गौतमको भनाई छ । सबै वडामा २९ सदस्यीय कमिटी गठन गरिएको छ ।










