चैत्राष्टमी मेलाः तारो खेलको उपाधि धौलागिरी आर्चरी क्लबले जित्यो

बागलुङ, २५ चैत ।
चैत्राष्टमी मेला २०७५ मा समावेश गरिएको तारो खेल प्रतियोगिताको उपाधि धौलागिरी आर्चरी क्लब (वि)ले जितेको छ ।
सोमबार सम्पन्न भएको खेलमा जितेन्द्र रोका, सतेजिन्द्र जुकजाली, प्रवेश फगामी, प्रेम थापा, डानिपल रोका र पूर्ण तुलाचनको समुह धौलागिरी आर्चरी क्बल ‘वि’ विजेता, कुमार शेरपुन्जा, दनु पुन, चचन फगामी, भरत रोका, सन्तोष रोका र महेन्द्र गुरुङको धौलागिरी आर्चरी क्लब ‘ए’ उपविजेता र पूर्ण थापा, नारायण गर्बुजा, इश्वर पुन मगर, दुर्गा पुन मगर, दम पुन मगर र गोपाल गुरुङका रिभर साइड आर्चरी क्लबले तृतीय स्थान हासिल गरेका थिए ।
प्रतियोगिताको विजेता धौलागिरी आर्चरी क्लब ‘वि’ले नगद ५० हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै विजेता टिमका खेलाडी डानियल रोका प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा उपविजेता टिमका दनु पुन प्रतियोगिता अवधिभर धेरै खोल हान्ने खेलाडी बनेको प्रतियोगिताका संयोजक रेशम थापाले जानकारी दिनुभयो ।


७ टिमले सहभागिता जनाएको तारो खेलका विजेता टिमहरुलाई जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले पुरस्कार वितरण गर्नुभएको थियो ।
बैशाख २ गतेसम्म संचालन हुने यस वर्षको चैत्राष्टमी मेलामा यस वर्ष तारो खेलसहित,खुल्ला भजन प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, ाष्ट्रिय लोक दोहोरी प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता, बिविध खेलकुद प्रतियोगिता, रथ यात्रा, जिल्ला भित्रका विविध सांस्कृतिक गतिविधी, सांगितिक प्रस्तुती लगायत जिल्लाको पर्यटकीय स्थलहरुको फोटो तथा डकुमेन्टी प्रदर्शनी गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।


यस्तै चैत ३० गते मुल समारोहसहित बागलुङका १० स्थानिय तहका मुख्य सांस्कृतिक संस्कृतिको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । जिल्लाको पर्यटन विकासको लागि ४ नगरपालिका र ६ गाउँपालिकाका मुख्य सांस्कृतिक नाँच र झाँकीको प्रदर्शन गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
परापुर्वकालदेखि चैत्राष्टमी पर्वको अवसरमा मेला हेर्न र कालिका भगवती मन्दिरको दर्शन गर्नको लागि देशभरीबाट भक्तजनहरु कालिका भगवती मन्दिरमा आउने गर्दछन् । मेलाको अवसरमा बागलुङ र छिमेकी जिल्लामा उत्पादन हुने सामाग्रीहरुको ठूलो संख्यामा बिक्री वितरण गरिन्छ । मेला सम्पन्न गर्नको लागि करिव ३० लाख खर्च हुने कालिका भगवती गुठीका अध्यक्ष खड्काले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here