
बागलुङ, २३ चैत ।
बैशाखको ५ गतेदेखि ११ गतेसम्म प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुने बागलुङका खेलाडीहरुलाई शनिबार विदाई गरिएको छ ।
गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडीहरु जिल्ला खेलकुद विकास समिति बागलुङले विदाई गरेको हो । जिल्लाबाट सहभागि हुने ७२ जना खेलाडी र प्रशिक्षकलाई संघिय सांसद सदस्य मनकुमारी जिसी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जर्सि हस्तान्तरण गरेर विदाई गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै संघिय सांसद सदस्य जिसीले खेलकुदले राष्ट्रिय एकता कायम गर्ने र युवाहरुलाई अनुशासनमा लाग्न प्रेरित गर्ने बताउनुभयो । उहाँले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रस्तुत गरि जितको शुभकामना दिनुभएको थियो ।
प्रतियोगितामा बागलुङबाट फुटबलमा ३ जना, भलिबलमा ५ जना, सुटिङमा ६ जना, एथलेटिक्समा १ जना, तेक्वान्दोमा ४ जना, कराँतेमा ४ जना, भारोत्तोलनमा ३ जना, कबड्डीमा ३ जना, टेबल टेनिसमा २ जना, व्याडमिन्टनमा ३ जना, उसुमा १२ जना, जुडोमा ३ जना, आई.टि.एफमा १३ जना, जिम्न्याष्टिकमा १ जना, पौडीमा २ जना, क्रिकेटमा १ जना, फुलकन्ट्रयाक्त कराँतेमा २ जना, ह्याण्डबलमा ३ जना, चेसमा १ जना खेलाडीहरुले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
विदाई काईक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीष र सुटिङ खेल जिल्ला समितिका अध्यक्ष भगवती केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको विदाई कार्यक्रमको स्वागत भारात्तोलनका प्रशिक्षक विकास शाक्य र संचालन ह्याण्डबलका प्रशिक्षक भिमसेन शाक्यले गर्नुभएको थियो ।










