
बागलुङ, २२ चैत ।
लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवशेनले लायन बर्ष २०१९–२० को लागि दल थापाको अध्यक्षतामा ३० सदस्यीय नया कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा श्याम प्रसाद शर्मा, द्धितिय उपाध्यक्षमा गणेश दत्त पौडेल पौडेल, तृतीय उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा विप्लभ शर्मा, सह–सचिवमा शेखर खड्का झलक, कोषाध्यक्षमा वलराम गौतम रहनुभएको छ ।
क्लबको एड्मिनिस्ट्रेटरमा लायन लखन थापा चयन हुनुभएको छ । साथै अधिवेसनले विभिन्न क्षेत्रको निर्देशक समेत चयन गरेको छ । जुनको अन्तीम साता पदस्थापन कार्यक्रम गरीने जनाईएको छ ।
लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष अनुप रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एम जे एफ लायन दुर्गा कुवरले सामाजिक क्षेत्रमा लायन्स क्लबको योगदान रहने गरी क्रियाशिलता बढ्उनुपर्ने वताउनु भयो । सो अवसरमा क्लवका सचिव नारायण आचार्यले प्रगती र कोषाध्यष विप्लभ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम उपाध्यक्ष दल थापाको स्वागत र सचिव नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।










