काठेखोलाको रेशमा फिजियोथेरापी सेवा शुरु

बागलुङ, २२ चैत ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका—७ रेशमा फिजियोथेरापी सेवा शुरु भएको छ ।
गाउँपालिकामा पहिलो पटक शुरु भएको फिजियोथेरापी सेवाको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले उद्घाटन गर्नुभयो ।
आइएनएफले ६० हजार बराबरको फिजियोथेरापी मेसिन उपलब्ध गराए पछि शुक्रवारदेखी गाउँमै थेरापी सेवा शुरु गरिएको हो । थेरापी सेवा गाउँमै सञ्चालन भए पछि जिल्ला सदरमुकाम स्थित धौलागिरी अञ्चल अस्पताल र प्राइभेट थेरापी सेन्टरमा आएर हजारौ रकम खर्चनु पर्ने बाध्यता अन्त्य भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
फिजियोथेरापी सेवाको शुभारम्भका अवसरमा अध्यक्ष थापाले रेशमा पहिलो पटक थेरापी सेवा शुरु भएकोमा खुशी व्यक्त गर्दै आगामी बर्ष यस सेवालाई गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा पु¥याउन पहल गर्ने बताउनुभयो ।
उहाँले विकास भनेको भौतिक पुर्वाधार मात्र नभएकाले सबै क्षेत्रको विकास र गुणस्तरिय स्वास्थ्य सेवाको सहज पहुँच सबै गाउँबस्तीमा पु¥याउने प्रयत्नशिल रहेको बताउनुभयो ।
आइएनफले काठेखोलाका रेश, लेखानी, तंग्राम र बिहुँमा स्वास्थ्यका क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र यस क्रममै फिजियोथेरापी मेसिन प्रदान गरिएको आइएनएफमका सुर्य कुँवरले जानकारी दिनुभयो । स्वास्थ्य चौकीबाट नियमित थेरापी सेवाका लागि सोही संस्थामा कार्यरत अनमीलाई तालिम समेत प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, नेपाल कम्युनिष्ट पार्टीका वडा संयन्त्र सदस्य कृष्णबहादुर कार्की, आइएनएफका सुर्य कुवर, लाभान्वित समुदायका तर्फबाट कृष्ण खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रेश स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र लामाको स्वागत मन्तव्य र वडा सदस्य शारदा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here