वडा कमिटी गठनलाई तीव्रता

बागलुङ, २२ चैत ।
स्थानीय कमिटी एकता प्रक्रियामा जुटेको नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले वडा स्तरीय कमिटी गठनलाई समेत तीब्रता दिएको छ ।
नेकपाले शुक्रबार बानपा–४, ८ र ९ मा वडा कमिटी गठन गरेको छ । बानपा ४ मा टिकाराम आचार्य अध्यक्ष र मनोज थापा सचिव रहनुभएको छ ।
बानपा–९ मा भएको एकता भेलाले रुद्र थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको सचिवमा र टिकाराम पौडेल रहनुभएको छ । त्यस्तै, बानपा–८ सिगानामा भएको भेलाले लालबहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको जिल्ला संयन्त्र सदस्य लालबहादुर थापाले जानकारी दिनुभयो ।
कमिटीको सचिवा रामबहादुर खडका रहनुभएको छ । दश स्थानीय तहमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई बराबर नेतृत्व बाँडफाड भए पनि वडा स्तरीय कमिटी निर्माणमा सहमतिको आधारमा कमिटी गठन संचालन भैरहेको सदस्य थापाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here