सामाजिक विकृति, विसंगती विरुद्धको अभियानलाई तिब्रताका साथ अगाडी बढाउँदै बडिगाड

कमल पौडेल
(बडिगाड) बागलुङ, २२ चैत ।
बडिगाड गाउँपालिकाले शुरु गरेको सामाजिक विकृति विसंगती विरुद्धको अभियानकै क्रममामा वडा नं. २ को सिमलचौरमा टोल समितिको गठन गरिएको छ ।
सामाजिक विकृति विसंगति न्यूनिकरण टोल समितिको अध्यक्षमा गणेश सापकोटा, उपाध्यक्षमा रामु पौडेल, सचिवमा वुद्ध पौडेल, कोषाध्यक्षमा टेकनारायण सापकोटा, सहसचिवमा करिस्मा राना लगाएत रहनुभएको छ। साविक वडा नं. ६ को टोल भेलाले गाउँपालिकाले घोषणा गरेको २८ वुँदे प्रतिवद्धतालाई आत्मसाथ गर्दै टोल समितिको गठन गरेको हो । समितिले टोल भित्र हुने कुनै प्रकारको विभेद, जुवातास, मदिरा, वालविवाह, दाइजो लगाएतका सामाजिक विकृति विरुद्ध सचेतना संगै कार्वाहिको लागी सिफारिस समेत गर्ने छ ।
कार्यक्रममा वडा नं। २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, बडिगाड गाउँपालिकाका प्रेस सल्लाहकार कमल पौडेल लगाएत स्थानिय क्लव, आमा समुह, विद्यालय, सामुदायीक वन, विभिन्न समितिहरुका पदाधिकारी सहित स्थानियहरुको सहभागिता रहेको थियो । भेलाले सामुहीक रुपमा सामाजिक विकृति विरुद्ध लड्न सवैलाई आग्रह गरेको छ ।
बडिगाड गाउँपालिकाले यहि चैत्र ८ गते बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरण गर्ने भन्दै २८ वुँदे प्रतिवद्धता घोषणा गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here