
बागलुङ, २० चैत ।
बागलुङको काठेखोला गाँउपालिका २ भिमापोखराका ६ वटा बाल विकास केन्द्रलाई बुधबार शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
गाउँपालिकाले एक लाख १० हजार बराबरको शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।
भिमापोखराका अमर बालविकास केन्द्र, गणेश बाल विकास केन्द्र, एकता बाल विकास केन्द्र, नमुना बाल विकास केन्द्र, प्रकृति बाल विकास केन्द्र, शिवालय आधारभुत विद्यालयका बालविकास केन्द्रलाई बाल मैत्री सामाग्रि प्रदान गरेको शिवालय आधारभुत विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पे्रम केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापाले बाल विकास केन्द्रलाई बलियो बनाएर अगाडि बढाउनको लागि आफु लागि परेको बताउनुभएको थियो । हाम्रो शैक्षिक जग भनेकै बालबालिका हुन उहाँले भन्नुभयो– ‘जग बलियो भयो भने घर बलियो हुन्छ ।’
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सदस्य नेता रामप्रसाद शर्मा, भिमापोखरा स्वास्थ्य चौकिका अहेव विष्णु सापकोटा, शिवालय आधारभुत विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रेम के.सि, शैक्षिक सामाग्रि खरिद व्यबस्थापन समितिका अध्यक्ष ठग प्रसाद जैसि लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम काठेखोला गाँउपालिका २ का अध्यक्ष विद्यापति शर्माको अध्यक्षता, वार्ड सचिव विष्णुनाथ पौैडेलको स्वागत र सुर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।










