विहुँको नवयुक विद्यालयको भवन भत्कियो

भरत प्रसाद सापकोटा
बागलुङ (विहुँ), २० चैत
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँकोट श्रीपालीमा रहेको नवयुक आधारभुत विद्यालयको भवन बुधबार भत्किएको छ ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले चकिएर जिर्ण बनेको भवनको मर्मत गर्ने तयारी गर्दैगर्दा भत्किएको हो ।
विद्यालयको भवन भत्किएपछि अब कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषयले विद्यालय प्रशासन र स्थानीयलाई सताउन थालेको छ ।


विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले काठेखोला गाउँपालिकाले छाना मर्मतको लागि १ लाख रुपैयाँ बजेट विनियोजित गरेपछि उक्त कामको तयारी गर्दैगर्दा भवन नै भत्किएको बताए ।
कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा १ सय ७० जना विद्यार्थी र ४ जना शिक्षकको दरबन्दी छ । बाँकी ७ जना शिक्षक निजी स्रोतका छन् ।
गाउँपालिका अध्यक्ष अमर थापाले प्राविधिक पठाएर क्षतिको विवरण संकलनपछि सक्दो सहयोग गर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here