सहकारी दिवसको अबसरमा बागलुङका ६ सहकारी सम्मानित

बागलुङ, २० चैत ।
जिल्ला सहकारी संघ बागलुङले उत्कृष्ट काम गर्ने बागलुङका ६ सहकारी संस्थालाई सम्मान गरेको छ ।


६२औँ स्थापना दिवसको अवसरमा संघले गुँहेली संचार सहकारी संस्था सहित अन्य छ संस्थालाई सम्मान गरेको हो ।


सम्मानित हुने सहकारीमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था, त्रिवेणी बचत तथा ऋण सहकारी संस्था बूर्तिवाङ्ग, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था, महिला हित बचत तथा ऋण सहकारी संस्था, साना किसान कृषि सहकारी संस्थालाई सम्मान गरेको संघका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।


सहकारीको उद्देश्य, मर्म र भावना अनुरुपको काम गर्ने सहकारीलाई प्रत्येक वर्ष सम्मान गर्ने गरिएको अध्यक्ष गौतमको भनाई छ । राम्रो गर्नेलाई सम्मान र कमजोरी गर्नेलाई सुधार गर्नुपर्छ उहाँले भन्नुभयो– ‘उत्प्रेरण र उत्साहबाट थप उत्कृष्टता हासिल गर्न सकिन्छ ।’

तस्विरः सन्तोष क्षेत्री

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here