
बागलुङ, १९ चैत ।
६२औँ राष्ट्रिय सहकारी दिसवको अवसरमा बागलुङमा अन्तर सहकारी संस्थाबीचको हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ बागलुङको आयोजनामा भएको प्रतियोगीतामा काठेखोला गाउँपालिका–२, भीमापोखरा स्थित गुहेँली संचार सहकारी संस्था विजय भएको छ ।
जिल्ला स्थित ९ सहकारी संस्थाको सहभागीता रहेको प्रतियोगीतमा महिला हित बचत तथा ऋण सहकारी संस्था द्धितीय, आदर्श संचार सहकारी र कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था तृतीय भएको जिल्ला सहकारी संघका सचिव तेजेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

संघले राष्ट्रिय सहकारी दिवसको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । मुख्य समारोह बुधबार प्रभातफेरि सहित हुने बताइएको छ । प्रतियोगीतामा सहभागी सहकारीका संचालक, कर्मचारी तथा सेयर सदस्यहरुको सहभागीता रहेको थियो ।
सहकारीमा आबद्ध भएको व्यक्तिलाई न्युनतम सहकारी ऐन, नियम, कार्य विधि तथा सहकारीको प्रकार, उद्देश्य जस्ता विषयमा जानकारी गराउने उद्देश्यका साथ प्रतियोगीता आयोजना गरेको उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगीताबाट सहकारीको विषयमा अझै प्रशिक्षणलाई थप सशक्ति बनाउने पर्ने निचोट निस्कीएको उपाध्यक्ष राजभण्डारीले बताउनुभयो । ‘सहकारीमा आबद्ध सदस्यले सहकारीका आधारभूत जानकारी पनि राख्दैनौँ भने सहकारी कसरी सवल बन्छन उहाँले भन्नुभयो–‘न्युनतम कानुनी ज्ञान र उद्देश्य, मूल्यमान्यता बारे जानकार हुनु अनिवार्य छ ।’










