१२ जना अभिकर्ता सम्मानीत

बागलुङ, १९ चैत ।
लाईफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले बागलुङ कम्पनीका १२ जना विमा अभिकर्तालाई मंगलबार सम्मान गरेको छ ।
विमा कम्पनीले अभिकर्ताको लागि आयोजना गरेको उत्प्रेरणत्मक तालिम तथा गोष्ठीको अवसरमा उत्कृष्ट काम गर्ने १२ अभिकर्तालाई सम्मान गरेको हो ।
सो अवसरमा उत्कृष्ट अभिकर्ता राममाया घिमिरे, रन्जिता शर्मा, रामकाजी भण्डारी, जुना पन्त केसी, गोविन्द अधिकारी, निर्मला खडका, सरस्वती शर्मा आचार्य, गीता थापा, सुदर्शन कँडेल, सरिना श्रेष्ठ, मेलिना पुन थापा र भूपेन्द्र थापालाई सम्मान गरिएको थियो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तीदारले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उहाँले बैशाख १ गतेदेखि धनवृष्टी योजना सुरुवात गर्न लागेको जानकारी दिँदै योजनाबद्ध तरिकाले कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण अभिकर्ताहरुलाई विमाको विषयमा सत्य बताएर मात्रा पोलिसी विक्री गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रम शाखा प्रमुख शम्भु सिलवालको अध्यक्षता, एजेन्सी म्यानेजर तथा बरिष्ठ अभिवकर्ता राममाया घिमिरेको स्वागत र बजार प्रमुख अर्जुन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here