
बागलुङ, १८ चैत ।
बागलुङ्गको काठेखोला गाउंपालिका ६ बिहुं ईनारपानिमा चैत्र ३० गतेदेखी श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ आयोजना गरिएको छ ।
भुकम्पले भत्काएको मन्दिरको पुर्ननिर्माणको लागि आर्थिक संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको मन्दिर संचालन समितिका अध्यक्ष टिकाराम कंडेलले जानकारी दिनुभयो ।
भुकम्पले मन्दिरको कुटी वाचनालय, धर्मसाला कुटी वाचनालय पुर्ण रुपमा भत्काएको छ । तत्काललाई अस्थाई संरचना बनाएर पूजाआजा गरिदै आएको मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष थानेस्वर कंडेलले जानकारी दिनुभयो ।
महायज्ञ संचालन गर्नका लागि मन्दिर ब्यवस्थापन संचालन समितका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षतामा १३ सदस्यीय महायज्ञ मुल आयोजक समित गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा काठेखोला गाउंपालिका ६ का अध्यक्ष युक्त प्रसाद कंडेल सचिव ५ का अध्यक्ष शिव प्रसाद कंडेल सहसचिव हरिलाल कंडेल अगन्धर कंडेल कोषाध्यक्ष थानेश्वर कंडेल रहनुभएको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा गंगा प्रसाद कंडेल गौरीशंकर सुबेदी देवीप्रसाद कंडेल सालिग्राम कंडेल खिमानन्द कंडेल शालिग्राम कंडेल र धनपति कंडेल रहेको बताईएको छ । महायज्ञ लाई ब्यवस्थित र प्रभावकारी बनाउनका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको काठेखोला गाउंपालिका ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिनुभयो ।
महायज्ञको प्रमुख वाचकको रुपमा परमानन्द बेदवेदाङ्ग विद्यालय विहुं रामकोटका पुर्व बिद्यार्थी प्रखर युवा पण्डित भरत सुबेदी रहनुभएको छ ।










