पृथक कार्यक्रम सहित पत्रकार महासंघ बागलुङले स्थापना दिवस मनायो

बागलुङ, १६ चैत ।
नेपाल पत्रकार महासंघ बागलुङले महासंघको ६४ औँ स्थापना दिवस औपचारिक कार्यक्रम नगरी दुई पृथक कार्यक्रम गरेर मनाएको छ ।
२०१२ साल चैत्र १६ गते पत्रकार महासंघ स्थापना भएको दिनको स्मरणमा शाखाले शनिवार जिल्लामा क्रियाशिल पत्रकारहरुको धौलागिरी अञ्चल अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराएको छ ।
स्वास्थ्य परिक्षण कार्यक्रममा ३८ जना पत्रकारको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो । ‘स्वाथ्य प्रतिको सजगताका लागि पत्रकार स्वय्मलाई सचेत र आम नागरिक समक्ष सन्देश पु¥याउन यो धेरै राम्रो कार्यक्रम हो,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा बिशेषज्ञ चिकित्सकको आगमन सँगै बिशेषज्ञ सेवा शुरु भएको सन्देश दिने अवसर समेत मिल्यो, यस्तो रचनात्मक कार्यक्रमको अन्य सघं संस्थाले पनि अनुसरण गर्न आवश्यक छ ।’ स्वास्थ्य परिक्षणमा सहभागी पत्रकारहरु मध्ये अधिकाशंमा घाटीको एलर्जी र रक्तचापमा बढी समस्या देखिएको डा.पोखरेलले जानकारी दिनुभयो ।
नागरिकको सूचनाको अधिकारका लागि व्यस्त रहने पत्रकारलाई आफ्नै स्वास्थ्य प्रति सचेत बनाउन र धौलागिरी अञ्चल अस्पतालमा आम नागरिकको बिश्वास अभिवृद्धि गर्न स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । ‘अहिले यस्ता दिवसमा औपचारिकता हावी छ,’ उहाँले भन्नुभयो, ‘हामीले यसपाली भाषण र बढी औपचारिक कार्यक्रम नगरि मुख्यतः पत्रकारलाई उत्साह प्रदान गर्ने र आम नागरिकमा सकरात्मक सन्देश प्रवाह गर्ने गरि कार्यक्रम गरेका हौ ।’
धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले अस्पताल नयाँ व्यवस्थापन समिति आए पछि अस्पतालको सेवामा गुणस्तर र समग्र व्यवस्थापनमा धेरै सुधार गर्ने प्रयत्न गरिएको जानकारी दिनुभयो । ‘अस्पतालमा स्वास्थ्यकर्मी बिच सहयोग, सहभागिता र समन्वयमा ठुलो रिक्तता भएको पाइयो, अध्यक्ष रानाले भन्नुभयो, ‘धेरै पहिले देखी बिकृत प्रवृत्तिले जडा गाडेको हुनाले छोटो समयमै परिवर्तन गर्न कठिन भइरहेको छ, हामी यसलाई तोडेर अञ्चल अस्पताललाई नमुना बनाउन प्रयासरत छौ ।’
महासंघले स्थापना दिवसको सन्दर्भ पारेर शुक्रवार जिल्लाका अग्रज पत्रकार र नयाँ पुस्ताका पत्रकार बिच अनुभव आदान प्रदान गर्ने गरि ‘पाँच पत्रकार पाँच अनुभव’ शिर्षकमा प्रेरक संवाद गरेको थियो । जसमा अग्रज पत्रकार राजेशचन्द्र राजभण्डारी, रामकृष्ण शर्मा, कोपिला कंडेल, प्रकाश बराल र रामकृष्ण बोहराले पत्रकारिता जिवनका महत्वपूर्ण र प्रेरणादायक पाँच÷पाँच अनुभव सुनाउनुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here