लेखानी पहिरो अपडेटः २ जना गम्भिर घाईतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

बागलुङ, १५ चैत ।
काठेखोला गाउँपालिका वडा न.८ लेखानीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा नेपाली सेनाका ३ जवान घाइते भएका छन् ।
शुक्रबार काठेखोला गाउँपालिकाको रिङरोडको लागि लेखानी–बिहुँ खण्ड खन्ने क्रममा बाटो माथिबाट खसेको ढिस्कोमा परि नेपाली सेनामा कार्यरत जवानहरु घाइते भएका हुन । उनीहरुलाई लेखानी स्वास्थ्य चौकिमा सामान्य उपचार पछि अहिले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ ।
घटनामा गम्भीर घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको बिरेन्द्र अस्पताल काठमाण्डौमा उपचार भैरहेको नेपाली सेनाले जनाएको छ । घाईते २ जनाको टाउँकोमा गम्भीर चोट लागेको छ ।
काठेखोला गाउँपालिकाको ६५ लाख रुपैयाँ लागतमा निर्माणभइरहेको उक्त सडक उपभोक्ता समितिले निर्माण गरिरहे पनि उक्त क्षेत्रमा पहिरो गइरहेपछि नेपाली सेनाको सहयोगमा बाटो मर्मत भइरहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here