बागलुङ, १५ चैत ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा न.८ लेखानीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा नेपाली सेनाका ४ जवान घाइते भएका छन् ।
शुक्रबार काठेखोला गाउँपालिकाको रिङरोडको लागि लेखानी–बिहुँ खण्ड खन्ने क्रममा बाटो माथिबाट खसेको ढिस्कोमा परि नेपाली सेनामा कार्यरत जवानहरु घाइते भएको वडा अध्यक्ष चित्रकला श्रीषले बताउनुभयो ।
वडाअध्यक्ष श्रीसका अनुसार २ जनाको टाउँकोमा लागेकाले गम्भिर घाईते भएका छन्भने २ जना सामान्य रहेका छन् । उनीहरुलाई लेखानी स्वास्थ्य चौकिमा सामान्य उपचार पछि अहिले थप उपचारको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याउँदै गरिएकोे वडाअध्यक्ष श्रीसले बताउनुभयो ।
काठेखोला गाउँपालिकाको ६५ लाख रुपैयाँ लागतमा निर्माणभइरहेको उक्त सडक उपभोक्ता समितिले निर्माण गरिरहे पनि उक्त क्षेत्रमा पहिरो गइरहेपछि नेपाली सेनाको सहयोगमा बाटो मर्मत भइरहेको थियो ।










