
बागलुङ, १३ चैत ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको आन्दोलन औचित्य हिन भएको बताउनुभएको छ ।
बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले देशमा संघीय लोकतन्त्रीक गणतन्त्रको स्थापना, संविधान निर्माण, सामान्तवादको अन्त्य भई शान्ति र समृद्धिको लागि एकीकृत हुने समयमा जबरजस्ती चन्दा संकलन, हत्या र आतंक मच्याउने काम राजनीतिक हुन नसक्ने बताउनुभयो ।

‘राज्यले आतंक मच्याएको टुलुटुलु हेरेर बस्न सक्दैन’ उहाँले भन्नुभयो– ‘मान्छे मार्ने, बम पडकाउने र भौतिक संरचनामा हमला गरी आतंक सृजना गर्ने गैरराजनीतिक गतिविधि नियन्त्रण गर्न प्रतिबन्द लगाउनु उचित छ ।’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका गुरुङ्गले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई उहाँले आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको उल्लेख गर्दै सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न विप्लव समूहलाई आग्रह गर्नुभयो । वार्ता नै समस्या समाधानको प्रमुख माध्यम हो ‘उहाँले भन्नुभयो–‘ बार्ताको लागि सरकारको ढोका खुल्ला छ ।’

तत्कालीन राजनीतिक ऐजेण्डा पुरा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– देशमा कुन तन्त्र स्थापना गर्न खोजेको लोकतान्त्रिक गणतन्त्र छ, विप्लव तन्त्र चाहिएको हो ? एजेण्डाविहिन राजनीतिले विप्लव तन्त्र स्थापना नहुने दावी गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले सिके राउतलाई मूल धारमा ल्याउने विषयमा पार्टी भित्रैबाट असन्तुष्टि देखिएको उल्लेख गर्दै शुरुमै आलोचना गर्नुभन्दा पनि त्यसले पार्ने दूरगामी असरलाई पर्खिनुपर्ने बताउनुभयो । ‘पृथकतावादी आन्दोलनलाई मुलधारमा ल्याउनु ठूलो उपलब्ध हो’ मुख्यमन्त्री गुरुङ्गले भन्नुभयो– संविधान स्वीकार गरेका सिके राहुतले स्वतन्त्र मधेशको नारा ल्याग्ने विश्वास व्यक्त गर्नुभयो ।’

संविधानमा नै कुन–कुन विषयमा जनमत संग्रह गर्ने भनेर स्पष्ट उल्लेख गरिएको छ, उहाँले भन्नुभयो–‘संविधान स्वीकार गरे पछि राष्ट्रिय अखण्डको विषयमा जनमत संग्रह हुन्छ भन्नु भ्रम मात्रा हो ।’
अर्को प्रसङ्गमा मुख्यमन्त्री गुरुङले कम्युनिष्ट नेता कार्यकर्तामा सत्ताको उनमाद हट्नुपर्ने बताउनुभएको थियो । आधारभूत तहका जनतासँग सरकार पुग्न नसके कम्युनिष्ट पार्टीको विकल्प खोज्न समय नलाग्ने उहाँले औल्याउनुभएको थियो ।
‘पुरानो सार्वजनिक खरिद ऐनले विकासको कामलाई रोकेको बताउँदै उहाँले संघीय सरकारले तत्काल व्यापाक सुधारसहितको नयाँ सार्वजनिक खरिद ऐन जारी गर्नुपर्नेमा जोडदिनुभयो ।
नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले चैत महीनाभित्रै पार्टीका सबै तहको एकता टुङ्गिने बताउँदै पार्टी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि पार्टी एकता तत्कालै टुङ्गिने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री गुरुङ्गले नेपाली काग्रेस राजनीतिक एजेन्डाविहिन र नेतृत्व विहिनको अवस्थामा पुगेपछि सरकारको अनावश्यक आलोचनामा उत्र्रिको दावी गर्नुभयो ।










