जनसंगठन एकीकरण गर्न नेकपा बागलुङद्वारा कार्यदल गठन गर्ने

बागलुङ, १३ चैत ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बागलुङले दुई पार्टीका जनसंगठन एकीकृत गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बागलुङमा भएको जिल्ला संयन्त्रको पाँचौ बैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका जनसंगठन एकीकृत गर्न प्रत्येक जनसंगठनका जिल्ला इन्चार्ज र अध्यक्ष रहने चार सदस्य कार्य दल गठन निर्णय गरेको हो ।
उक्त कार्यदलले जनसंगठन एकताको टुङ्गो लगाउने छ । बैठकले चैत्र २५ गतेभित्र प्रत्येक नगर, गाउँ तथा वडा संयन्त्रको एकीकरण पछि बन्ने कमिटीको नामावली संकलन गर्ने निर्णय गरेको लालबहादुर थापाले जानकारी दिनुभयो ।
संयन्त्र सदस्य थापाका अनुसार चैत्र १७ गतेभित्र दुई पार्टीको सम्पत्ति एकीकरण हुने छ । संयन्त्र बैठक विहिबारसम्म जारी रहेको छ । बैठकले जिल्ला कमिटीको एकीकरणको विषयलाई टुङ्गोमा पु¥याउने अपेक्षा गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here