
बागलुङ, १३ चैत ।
बागलुङको गल्कोट नगरपालिका क्षेत्रमा ठूलो परिणामको म्याद सकिएको पेय पदार्थ बियर भेटिएको छ ।
राष्ट्रिय उपभोक्क्ता समितिले केही दिन अगाडी हटिया बजारमा गरेको अनुुगमनमा १५ लाख बराबरको म्याद सकिएको बियर बजारमा भेटिएको अध्यक्ष शैलेन्द्र कुुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
अनुगमनको क्रममा १५ लाख बरावबको किङ्कफिसर बियर बजार भेटिएको थियो । म्याद गुज्रेको वियर तत्काल फिर्ता गर्न लगाएको मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।
उपभोक्क्ता संरक्षण ऐन २०५४ नियमावली २०५६ बमोजिम उपभाक्ताको स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पर्ने खालका गतिविधि गर्न नपाइने कानुुनी व्यवस्था भए बमोजिम गलकोट क्षेत्रमा विभिन्न बा्रन्डका वियर तथा पेय पदार्थहरुको विक्री कक्षमा गएर अनुुगमन गरेको हो ।









