
बागलुङ, १२ चैत ।
डाक्टर मारिया मण्टेश्वरी स्कुल बागलुङ नगरपालिका २ श्रीनगर टोलको ५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा बोल्दै बक्ताहरुले शिक्षालाई वैज्ञानीक व्यवहारिक तथा जिवन उपयोगी वनाउनुपर्ने बताएका छन् ।
आधारभुत तहवाट नै वालवालिकालाई अनावश्यक दवाव नदीइ स्तस्फुर्त सिकाईलाई प्राथमिकता दिनुपर्ने वताएका थिए ।
विद्यालयका कार्यवहाक अध्यष राजेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका संरक्ष तथा सल्लाहकार सुर्जवहादुर थापा अभिभावक गणेश पौडेल ,अम्वीका खड्का , सुस्मीता श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।

सस्थामा प्रिन्सीपल रामप्रसाद घिमिरेले विद्यालयमा वालवालिकाको अन्तरनिहित क्षमताको अध्ययन गरी वालमैत्री वातावरण कक्षा संचालन गरेकोले मण्टेश्वरी विधिमा पुर्व प्राथमिक तह सम्म अध्ययन गराउन सके वालवालिका जिम्मेवार वन्न प्रेरित हुने वताउनु भयो । आगामी शैक्षिक सत्रवात स्मार्ट लर्निङको अवधारण सुरु गर्न लागेको वताउनु भयो ।
विद्यालयका सहजकर्ता रितु वुढाथोकीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन शुशिला गौतमले गर्नु भएको थियो । सो अवसरमा वालवालिकाले सास्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।
२०७१ सालमा स्थापना भएको विद्यालयमा प्लेग्रुप देखी कक्षा १ सम्म ७८ जनाले अध्ययनरत छन् ।










