जीवनको सुरक्षाको लागि जीवन विमा अनिवार्य

बागलुङ, १२ चैत ।
जिल्लाका पत्रकारहरुलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागलुङ शाखाले मंगलबार जीवन विमाको बारेमा जानकारी गराएको छ ।
इन्स्योरेन्सले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जीवन विमा मृत्युपछिको लागि मात्र नभई जीवनभरको लागि आवश्यक रहेको बताइएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ बासुले जीवनको सुरक्षाको लागि वीमा अपरिहार्य रहेको बताउनुभयो । उहाँले हरेक नागरिकले आफ्नो सुरक्षाको लागि वीमा गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा रिलायबल लाईफ इन्स्योरेन्सका गण्डकी प्रदेश संयोजक सरोज अधिकारीले इन्स्योरेन्सको स्थापना भएको कम समयमै धेरै मुनाफा कमाउने संस्था बनेको बताउनुभयो । उहाँले रिलायबलले अरु इन्स्योरेन्सको भन्दा फरक योजनाहरु रहेको बताउँदै बीमा रकम भुक्तानी गर्दा प्रक्रिया सजिलो रहेको बताउनुभयो ।
रिलायबलले हालसम्म व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको १३ भन्दा बढि प्रकारका जीवन बीमा योजनाहरु संचालन गरिरहेको गण्डकी प्रदेश संयोजक अधिकारीले जानारी दिए ।
पत्रकार महासंघ बागलुङ शाखाका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन इन्स्योरेन्सको बागलुङ शाखाका शाखा प्रमुख नारायण पौडेलले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here