रेशमा विद्युतको सवै फलामको पोल राख्ने काम अन्तिम चरणमाः वडाअध्यक्ष लामिछाने

बागलुङ, १६ फागुन
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा विद्युतका सवै काठे पोलहरु विस्तापित गर्ने अभियान अन्तिम चरणमा पुगेको छ ।
काठेखोला–७ रेशका वडअध्यक्ष प्रेम लामिछानेले विद्युतका सवै पोलहरुलाई विस्तापित गरि फलामका पोल राख्ने काम १ महिना भित्र सम्पन्न हुने बताए ।
धौलागिरी सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वडाअध्यक्ष लामिछानेले आफ्नो वडामा योजनाबद्ध विकास गर्नको लागि अहिले डिपिआर तयार गरेको बताए ।
उनले अहिले स्वास्थ, शिक्षा र खेलकुदको बिकासको लागि वडाले विशेष योजना बनाइरहेको बताउँदै सवै स्थानियहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाहको लागि वडाले काम अगाडी बढाइरहेको जानकारी दिए ।
अहिले भएको ग्रामीण सडकलाई ब्यबस्थापन गर्नको लागि वडाले योजना बनाएपछि बजेट थोरै आउने हँुदा चाहे अनुसारको काम गर्न भने समस्या भएको अध्यक्ष लामिछानेले बताए ।
पर्यटनको सम्भावना रहेको रेशमा आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ अहिले चार ओटा होमस्टे दर्ता गरि संचालनको तयारी भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
सदरमुकाममा आउने खानेपानीको समस्या मुहानको भएको हुदा अहिले त्यसलाई समाधान गर्न आफुहरू लागि परिरहेको अहिले रेशको लागि दिने भनेर सहमति भएको तार जालि समेत नपाएको हुदा समस्या देखिएको अध्यक्ष लामिछानेले बताए ।
अहिले रेशमा भएको खरको छाना बिस्तापित गरेर टिनको छाना छाउने काम लाई अगाडि बढाएको गत बर्ष २६ वटा घरमा टिनको छाना छाउने काम गरेको यो बर्ष पनि थप घरमा टिनको छाना छाउने काम गर्ने लामिछानेले भने ।
सामुदायिक बिद्यालयमा शिक्षक जनप्रतिनिधिका बालबालिका लाई पढाउनु पर्ने नियम बनाएपछि यो बर्ष ४२ जना लाई अन्यत्र स्कुल बाट ल्याउन सफल भए पनि त्यो अभियान भने पूरा नभएको कार्यक्रम अध्यक्ष लामिछानेले भने ।
सामुदायिक बिद्यालयको गुणस्तर बढाउनु पर्ने दायित्व समेत अहिले आइरहेको लामिछानेले बताए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष किरण आचार्य संचालन क्लबका सचिव प्रदीप पन्तले गरेका थिए ।